• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

लैंगिक हिंसा नियन्त्रण गर्न सल्यानमा संजाल समिति गठन


पुस १३, सल्यान ।

सल्यानको बागचौर नगरपालीका वडा नम्बर १२ मा लैङ्गिक हिंसा नियन्त्रण संजाल समिति गठन गरिएको छ । गाउँघरमा हुने बिभिन्न खाले हिंसा कम गर्नको लागी समिति गठन गरिएको हो ।

बिशेष गरी महिला माथि हुने सबैखाले हिंसा कम गर्ने उदेश्यले ईलाका प्रहरी कार्यलय सिमखोलीका प्रहरी ईन्र्चाज रतन शर्माको सयोंजकत्वमा वडा अध्यक्ष आमा समुह, नागरीक समाज, शिक्षकको सहभागीतामा समिति गठन गरिएको १२ नम्बर वडा अध्यक्ष दिपक वलीले बताए । यो समितितले अब गाउँघरमा हुने हिंसा, जुवा तास मदिरा नियन्त्रण गर्नमा मदत पुग्ने उनले बताए ।

धेरै खाले घटना मदिराकै कारणले हुने भएकाले वडा भित्र मदिरालाई नियन्त्रण गर्नको लागीे बजार क्षेत्रभित्र जनचेतनामुलक कार्यक्रम गरिएको वडा अध्यक्ष वलीले बताए । मदिराकै कारण अपराधिक घटना हुन नदिने उदेश्यले राजनितिक दल, बुद्धिजिबि बिभिन्न समुह लगायतको सहभागीतामा मदिरा नियन्त्रण समिति पनि गठन गरिसकेको उनलेे बताएका छन् ।

“पहिले मदिरा खाएर धेरै जना खुल्ला रुपमा हिडने गर्थेे, समिती गठन गरेपछि कम भएको छ, समाजका मान्छे पनि बुझने भएका छन् ,”- उनलेे भने । सबै बल मदिरामा जोडिने भएकाले बिभिन्न हिंसा हुन सक्ने भन्दै सरकारको निति अनुसार नै आफुहरुले यो काम गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०७५ पुष १३ गते शुक्रवार