सल्यानमा दुईओटा शिक्षक युनियनको एकता, अध्यक्षमा सेर बहादुर डाँगी चयन


पुस १४, सल्यान ।
सल्यानमा दुईओटा शिक्षक युनियनले एकता गरेर एउटा शिक्षक युनियन बनाएका छन् । नेपाल सामुदायीक शिक्षक युनियन र हिस्टान बिच सनिबार एकता भएर नयाँ संगठन माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल जिल्ला कार्यसमिती सल्यान निर्माण गरेका हुन् ।

एकताकाे पहिलो भेलाबाट २६ सदस्यीय सहित अध्यक्षमा जनकल्यान मावि थारमारेका शिक्षक शेर बहादुर डाँगी सर्बसम्मतले चयन भएका छन् । उनि सल्यानी पप गायककाे रुपमा पनि चिनिन्छन् । जसको सहअध्यक्षमा सिवलाल थापा, उपाध्यक्ष शान्ती बस्नेत, कुलान्द खड्का, सचिव आइतुराम बुढाथोकी, सहसचिव भरत कुमार ओली र कोषाध्यक्षमा सेर जंग शाह रहेका छन् ।

कार्यक्रममा प्रमुख अथिती माध्यमिक विद्यालय शिक्षक युनियनका केन्द्रीय निवर्तमान सचिव भिम ओली रहेका थिए। अब उमावि शिक्षकाका समस्या तत्काल समाधान गर्न तर्फ संगठनले पहल गर्ने नव निर्बाचित अध्यक्ष डाँगीले लेकाली अनलाइनलाई बताएका छन् ।

प्रकाशित मिति : २०७५ पुष १४ गते शनिवार