• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा कपडा बेच्ने घुमन्ते व्यापारीका सामान प्रहरीले नियन्त्रणमा लियो


पुस १५, सल्यान ।

सल्यानमा घुमन्ते व्यापारीले बिक्री गर्न ल्याएको सामानलाई प्रहरीले बरामद गरेको छ । अवैध रुपमा सामान बिक्री गर्न लागेको भन्दै सशस्त्र प्रहरीले बरामद गरेको हो ।

जिल्लाको शारदा नगरपालीका २ खलंगा बाट घुमन्ते ब्यापारीले अबैध रुपमा बिक्र गर्न ल्याउदै गरेको १ लाख ५० हजार बराबरको सामान बरामद गरिएको शसस्त्र प्रहरी बल सल्यानले जनकारी दिएको छ ।
दाङ तुलसीपुर बाट आईतबार बिहान सल्यान खंलगा तर्फ आउदै गरेको गाडीमा अबैध रुपमा बिक्रि गर्न ल्याउदै गरेको सामान शसस्त्र प्रहरी चेक प्वाईन्ट बाटै बरामद गरिएको शसस्त्र प्रहरी बल सल्यानका प्रहरी प्रमुख बिमल डागीले बताए ।

तुलसीपुर बाट जिल्लाको बिभिन्न ठाउँमा बिक्रि गर्ने भन्दै ४ जना घुमन्ते ब्यापारीले ल्याउदै गरेको जाडो मौसममा प्रयोग हुने तन्न, कमल, तातो कपडा बरामद गरिएको उनले बताए । बरामद गरिएको सामान उधोग बाणिज्य संघ सल्यानको रोबहरमा आन्तरीक राजस्व कार्यलय तुलसीपुरमा बुझाईएको उनले बताए ।

उनिहरुले राजस्व नतिरी ल्याईएको सामान जिल्लाको ब्यापार ब्यवसायलाई घाटामा पु¥याउन सक्ने भन्दै उधोग बाणिज्य संघको सुचनामा बरामद गरिएको प्रमुख डागीले बताए ।

फोटो फाइल 

प्रकाशित मिति : २०७५ पुष १५ गते आइतवार