• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा ३९ करोड भन्दा धेरै मुल्यको टिमुर उत्पादन


पुस १६, सल्यान ।
सल्यानबाट यस बर्ष ३९ करोड भन्दा धेरै मुल्यको टिमुर निकासी भएको छ । उत्पादन भएको मध्य अझै २० देखि २० प्रतिशतसम्म निकासी हुन बाँकि रहेको डिभिजन वन कार्यालय सल्यानका नायब सुब्बा टोपेन्द्रबहादुर थापाले बताएका छन् ।

उनका अनुसार यस सिजनमा अहिलेसम्म १ लाख ९८ हजार ९५० किलो टिमुर निकासी भइसकेको छ। राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय सल्यानका किसानहरु व्यवसायिक टिमुर खेतीतर्फ आकर्षित हुँदै गएका छन्। टिमुरको पकेट जिल्लाको रुपमा रहेको सल्यानका किसानहरुले व्यक्तिगत र सामुहिक रुपमा टिमुर खेती गर्दै आएका छन्।

एक पटक रोपेको टिमुरले धेरै वर्षसम्म फल दिने भएकाले डाँडापाखा, खोल्साहरुमा खेती गरेर आम्दानीको स्रोत बढाउन सकिने भएकाले किसानहरुको आर्कषण बढिरहेको जडिबुटी व्यवसायी संघ जिल्ला शाखा सल्यानका महासचिव हरि न्यौपानेले बताए। गत वर्षदेखि टिमुरले राम्रो मूल्य पाइरहेको न्यौपानेले बताए।

गत वर्ष प्रतिक्विन्टको १ लाख सम्मको मुल्यमा बिक्री भए पनि यो वर्ष ७० देखि ७५ हजार रुपैयाँसम्म बिक्री हुँदै आएको छ। टिमुर मसला, दन्तमञ्जन र औषधिको रुपमा प्रयोग हुने गरेको छ।

प्रकाशित मिति : २०७५ पुष १६ गते सोमवार