• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा दलित महिलाहरुले समुह निर्माण गरेर राम्रो आम्दानी गर्दै


पुस १६, सल्यान ।
दलित सेवा संघ सल्यानको अनुदानमा सल्यानका दलित महिलाहरुले राम्रो आम्दानी गरेका छन् ।

जिल्लाको शारदा नगरपालिका ६ मा ४ ओटा विभिन्न समुह बनाएका महिलाहरुलाई दलित सेवा संघले कृषी र पशुपालनमा अनुदान दिएपछि राम्रो आम्दानी गर्न सफत भएका हुन् । विकास कोष नर्वेको आर्थिक सहयोगमा सञचालित बिभेदमा पारिएका समुदाएको जिवीकोपार्जन सुधार परियोजनाले दलित सेवा संघ सल्यान मार्फत अनुदान दिएको थियो ।

सन २०१७ देखि २०२० सम्म सञ्चालन गरिने क्रियाकलापको कार्यन्वयन अन्तरत सन २०१८ मा शारदा नगरपालिका वडा नम्बर ६ मा सञ्चालित बिभेदमा पारिएका समुदायको खाद्य तथा पोषण सुरक्षा अभिबृद्धी गदै गरिवी न्युनिकरण गर्ने उद्धेश्यले ४ ओटा समुहलाई अनुदान दिइएको थियो ।

अनुदान पाएका जनचेतना दलित महिला बाख्रापालन समुह, दलित महिला एकता समुह, लाली गराँस दलित महिला पशुपालन समुह र डौडेडाँडा कबुलियती तरकारी खेती समुहमा सोमबार जिल्लाका सरोकारवालाहरु बिच संयुक्त अनुगमन गरिएको हो । अनुगमनका क्रममा दलित महिला एकता समुह र लालीगुराँस दलित महिला पशुपालन समुहले राम्रो आम्दानी गरेका छन् ।

यी समुहमा दलित सेवा संघ सल्यानले १३ हजारको सिप सहयोग गरेको थियो उक्त सिपबाट यहाँका महिलाहरुले फ्रेस हावस, तरकारी ब्यबसाय, किराना पसल, आरन ब्यबसाय गरेका छन् । उनिहरुले यो बर्षको अबधीमा प्रति ब्यक्ति ८० हजार सम्म आम्दानी गरेका छन् । ८ जना सदस्यले ६ लाख ६४ हजार आम्दानी गरेको दलित महिला एकता समुहकी अध्यक्ष भगवती परियाले बताइन् ।

बरलामा रहेको डौडेडाँडा कबुलियती तरकारी खेती समुहका महिलाले पनि राम्रै आम्दानी गरेका छन् । राज्य बाट पछाडि पारिएका तथा १ रोपनी भन्दा कम जग्गा भएका १० जना दलित महिलालाई दलित सेवा संघले भाडा जग्गा अनुदान दिएपछि उनिहरुले उत्पादन गर्न थालेका हुन् ।
१० जना सदस्य भएका उनिहरुले ब्यबसायिक तरकारी खेती बाट सन २०१८ को अवधीमा २ लाख ५० हजार आम्दनी गरेको समुहकी कोषाध्यक्ष सुन्तली बादीले बताईन् । उनले भनिन्– “दलति सेवा संघ सल्यानले हामी जस्ता बालुवा र गिट्टी काम गरेका दलित महिला लाई समुहमा आबद्धता गरी तरकारी ब्यबसायमा लगाई आयआर्जन मा सहयोग भएकाले आर्थिक समस्या टरेको छ ।”
त्यस्तै जनचेतना दलित महिला बाख्रा पालन समुहमा पनि दलित सेवा संघले २१ वटा बाख्रा र १ वटा बंगुर सहयोग गरेको छ । यो समुहमा पनि महिलाहरुले बाख्रापालनबाट लाभ लिन सुरु गरेका छन् । अझ जिल्ला पशु सेवा कार्यलयबाट खोर सुधारको कार्यक्रम उपलब्ध गराएमा ब्यबसाय राम्रो हुने यहाँका महिलाहरुले आसा गरेका छन् ।

शनपा ६ टाकुरा, बाहुनचौर, साममारा लगाएतका ठाउँमा रहेका यी समुहको अनुगमन गर्न जिल्ला समन्वय समिती सल्यानका उप प्रमुख हरि प्रकास बुढाथोकी ,शारदा नगरपालिका उप प्रमुख साबित्रा बस्नेत, ६ नं वडा अध्यक्ष भिकराज बुढाथोकी, कृषि ज्ञानकेन्द्र सल्यान बागबानी अधिकृत चोप नारायन खनाल, भेटनरी अस्पताल तथा पशसुबिज्ञ केन्द्र अधिकृत रुप सिहँ राई, शारदा नगरपालिका पशु शाखा प्रमुख सुवर्ण सिहँ ठकुरी, कृर्षि शाखा प्रमुख धन्नयजय शर्मा, दलित सेवा संघका सचिव धनबहादुर परियार घरेलु तथा शाना उद्योग बिकास समिती हिमा रोकाय, पत्रकार बिप्लब महर्जन र सरिता चलाउनेको सहभागी रहेको थियो ।

कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक यज्ञ कुमार बिक तथा सञ्चालन समाजिक परिचालन अधिकृत भिम बहादुर परियारले गरेका थिए ।

प्रकाशित मिति : २०७५ पुष १६ गते सोमवार