• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

दाङकाे कालोखोलामा अचेत अवस्थामा फेला परेका सल्यानका एक पुरुषको मृत्यु


पुस १७, सल्यान ।

दाङकाे कालोखोलामा अचेत अवस्थामा फेला परेका सल्यानका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।

सल्यान छत्रेश्वरी गाउपालिका वडा नम्वर ३ झिम्पे घर भएका ३३ वर्षिय ज्ञान बहादुर परियारको राप्ती अंचल अस्पताल तुलसीपुरमा उपचारको क्रममा मंगलवार विहान पौने पाँच वजेतिर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । साेमबार राती ८ वजेतिर तुलसीपुर उपमहानगरपालिका ७ कालोखोलामा मुख, दाहिले खुट्टामा चोट लागेको र रगत बगेको अचेत अवस्थामा फेला परेका उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटीएको प्रहरी टोलीले उपचारका लागी राती नै अस्पताल पु¥याएको थियो ।

राती नाम र ठेगाना खुलेको थिएन तर उपचारको क्रममा निधन भएपछि मंगलवार विहान उनका आफन्ती आएपछि सनाखत भएको बताईएको छ । सनाखत पछि उनका भाई दिनेश परियारले शब बुझेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ पुष १७ गते मङ्गलवार