• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

दंगिशरण गापाले इन्धनमा व्यापक अनियमितता गर्दै


तुलसीपुर दाङ ,पुस २३ । दाङकाे दंगिशरण गाउँपालिकाले इन्धनमा व्यापक अनियमितता गरेकाे छ ।
गाउँ पालिकाका अध्यक्ष भागिराम चाैधरी र प्रशासकिय अधिकृत मार्सलकुमार वलीकाे मिलेमताेमा अनियमितता हुने गरेकाे गाउँपालिका कर्मचारी श्राेतले जानकारी दिएकाे छ । गाउँपालिकाका प्रशासकिय अधिकृत वलिकाे हस्ताक्षेर भएकाे इन्धन कुपन अनियमित तरिकाले निजि माेटर साईकललाई समेत वितरण गरिएकाे प्रमाण फेला परेकाे छ । निजि गाडि वा माेटर साइकललाई कुपन वा तेल दिदा प्रकृया पुरा गर्नुपर्ने भए पनि गाउँपालिकाले प्रकृया पुरा नगरेकाे पाईकाे छ ।
स्टाेरका अनुसार निजि गाडि वा माेटर साइकलले पेट्राेल पाउँनका लागि लगबुक भर्नु पर्छ जाे स्टाेर किपरले भर्ने गर्दछ । तर दंगिशरण गाउँपालिकाका स्टाेर किपर ध्रुबराज अधिकारीले याे अार्थिक वर्ष अाफुलाई लकबुककाे वारेमा केही जानकारी नभएकाे वताउनु भयाे । तर उहाले लगबुक नभरेर तेल नपाईने प्रकृया भएकाे प्रष्ट पार्नुभयाे ।
स्टाेर किपर अधिकारीले यसाे भने पनि दंगिशरण गाउँपालिकाका प्रशासिकय अधिकृत वलिकाे हस्तार रहेकाे कुपन वाट एक महिनामा चार वटा निजि माेटर साइकलाई ६ पटक गरि ५५ लिटर पेट्राेल वितरण गरिएकाे छ । तुलसिपरकाे एक पेट्राेल पम्पमा रहेका कुपन मध्य यक वटा कुपनमा गाडि नम्वर र कार्यालयकाे छाप समेत छैन ।
त्यसैगरी गाउँपालिकाकाअध्यक्ष चाैधरी र अधिकृत वलिले स्टाेरसंगकाे समन्वय विनानै तुलसीपुरकाे एक पेट्रल पम्प वाट तेल वितरण गर्ने गरेकाे खुलास भएकाे छ । यसवाट दंगिशरण गाउपालिकामा इन्धनमा व्यापक अनियमितता भएकाे पुष्टि भएकाे छ । यसरी इन्धनमा अनियमितता भए पछि यक महिना १० दिनकाे ईन्धन विल ४९ हजार नाैं सय ९५ रुपैया पुगेकाे छ ।
इन्धनमा भएकाे अनियमितताकाे वारेमा बुझ्न खाेज्दा अध्यक्ष भागिराम चाैधरीकाे ९८५७८३१५६४ नम्वरकाे माेवाईल यक घण्टिमै विजि वनाइन्छ भने प्रशासकिय अधिकृत मर्सलकुमार वलिकाे ९८५७८२४४६१ नम्वरकाे माेवाईलले नट अलाउड भन्ने गर्दछ । यसवाट दंगिशरण गाउपालिकामा इन्धनमा व्यापक अनियमितता भएकाे पुष्टि भएकाे छ ।
नाेट: प्रुफ हेरेकाे छैन ।

प्रकाशित मिति : २०७५ पुष २३ गते सोमवार