• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

सल्यान र रोल्पामा हिमपात


पुस २३, सल्यान ।
सल्यान र रोल्पाका विभिन्न भागहरुमा यो वर्षको पहिलो हिमपात भएको छ । आइतबार राती परेको पानी संगै हिमपात भएको हो ।

सल्यानको जिल्लाका कुमाख, जथाक, लसुने, बुराँसे, बाँफुखोला निगालचुला, रोल्पाका थबाङ, पश्चिम रोल्पाको जिनाबाङ, ओत, इरीबाङ, पाछाबाङ, कुरेली, मिरुलको केहि भुभाग लगएतका ठाउँमा हिमपात भएको हो । हिम पात र चिसोका कारण यहाँको जनजिवन अत्याधीक चिसो भएको छ ।

लामो समयपछि हिमपातसँगै वर्षा भएका कारण किसानहरु उत्साहित पनि भएका छन् । हिउँदे वाली सप्रिने तथा स्याउका लागि हिउ आवश्यक भई रहेको समयमा हिमपातसँगै वर्षा हुँदा उत्साहित भएका हुन । लामो सयमसम्म वर्षा नहुँदा चिन्तामा रहेका किसान खुशी भएका छन् ।

हिमपातसँगै बढेको चिसोले बृद्धवृद्धा, बालबालिका तथा दैनिक ज्याला मजदुरी गर्ने केहि वर्ग प्रभावित भएका छन् । चिसोको समयमा बालबालिकाहरुमा निमोनिया र वृद्धवृद्धाहरुमा दम, रुघा खोकि संगै श्वास प्रश्वास सम्बन्धी बिभिन्न खाले रोग देखा पर्ने भएकाले बिशेष ध्यान चिकित्सकले सल्लाह दिएका छन् ।

तस्विर : हिम राज बस्ने, बुराँसे सल्यान

प्रकाशित मिति : २०७५ पुष २३ गते सोमवार