• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

घोराहीको भीक्टोरीया कलेजमा अध्ययनरत युनीटी ग्रुपको खेल सप्ताह आज फुटबल खेलीदै


पुस २४, दाङ । घोराहीको भीक्टोरीया कलेज सात औ सेमेस्टरमा अध्ययनरत युनीटी ग्रुपले आयोजना गरेको खेल सप्ताहको आज तेश्रो दीन पनि उत्साहपुर्ण खेल खेलीने भएको छ।
आज हुने खेल अन्तर्गत फुटबल खेल खेलीने भएको छ। कलेजमा अध्ययनरत पहिलो , तेस्रो, पाँचऔ र आयोजक सात औ सेमेस्टरका
बिच खेल हुने भएको छ। खेल किन र कसका लागि भन्ने प्रस्नमा कलेजका बि बि ए कार्यक्रम कोअर्डीनेटर के बी चौधरीले खेल सप्ताहले विद्यार्थीको चौतर्फी बिकास भइ उनीहरूको ब्यबस्थापकीय संगै नेतृत्व गर्ने दक्षतामा वृद्धि हुने बताए । घोराही १७ मा रहेको प्रहरी बोर्डिङ नजीकैको मैदानमा हुने फुटबल खेलमा खेल प्रेमी सबैलाई उपस्थितका लागि खेल सप्ताह आयोजक युनीटी ग्रुपले सबैमा आग्रह समेत गरेको छ।

प्रकाशित मिति : २०७५ पुष २४ गते मङ्गलवार