• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

रोल्पामा मेसिन पड्किदा एक जनाको मृत्यु, ३ गम्भीर घाइते


पुस २४, रोल्पा ।
रोल्पाको त्रिबेणि गाउपालिका वडा नम्बर ४ निगालपानीमा रहेको एक नयाँ उधोगमा राखेको मेसिन पड्कीदा एक जनाको घटनास्थलमै मृत्युभएको छ भने ३ जना गम्भीर घाइते भएका छन ।

पुराना कपडा पेलेर सीरक डसना लगायत अन्य कपडा तयार गर्न प्रयोग गरीने उक्त मेसीन पडकीएर बर्दिया घर भइ हाल व्यपारका लागी रोल्पा बस्दै आएका २८ वर्षीया जय कृष्ण न्यौपानेको मृत्यु भएको छ भने बर्दीयाकै विष्णुचन्द्र चौलागाई, कैलालीका जनक न्यौपाने र त्रिबेणी ६ वस्ने धन ब. पुन गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय होलेरीले जानकारी दिएको छ ।

घाइतेहरुलाई अञ्चल अस्पताल तुल्सीपुरमा सामान्य उपचार पछि कोहलपुर मेडीकल कलेज रिफर गरीएको त्रिवेणी गा.पा ४ का वडा सदश्य प्रेम बहादुर बुढामगरले जानकारी दिए । उधोग मंगलबार बाट मात्रै संचालनमा आउन लागेको र उद्घाटन स्वरुप मेसीन अन गर्न्वित्तीकै पड्कीएको थियो ।

मृतक न्यौपाने र घाइतेद्धाय चौलागाई र न्यौपाने मेसीन नजीकै रहेको र घाइते पुन भने पषल बाहिर रहेको कल्पना होटेलका सचालक अरुण वि.सीले जानकारी दिए । मृतक र घाइते दुबैजना केहि वर्ष यता रोल्पाका विभीन्न गाउँहरुमा पुगेर कपडा बेच्ने गरेको र भर्खरै मात्र उधोग संचालन गर्न थालेको बुझिएको छ । मृतकको सव पोष्टमार्टमका लागी प्रा.स्वा केन्द्र होलेरीमा ल्याइएको छ ।

भीरवाट लडेर एकको मृत्यु
यसै विच भीरवाट लडेर त्रिवेणीमै अर्का एकजनाको ज्यान गएको छ । त्रिबेणी गाउपालीका ५ जगरबोटका ४८ वर्षीया बाम ब दमाइको सव मंगलबार विहान घर नजीकैको भीरमा फेला परेको प्रहरीले जनाएको छ ।

सवलाई पोष्टमार्टमका लागी प्रा.स्वा केन्द्र होलेरीमा ल्याइएको छ इ.प्र.का होलेरीका सइ धुर्वराज वोहराले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ पुष २४ गते मङ्गलवार