• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा आजदेखि ३ दिनसम्म दिनैभरी विद्युत सेवा बन्द


पुस २६, सल्यान ।
सल्यानमा बिहीबार देखि आइतरबार सम्म ३ दिन दिनैभरी विद्युत सेवा बन्द हुने भएको छ ।

सितलपाटीमा रहेको सवस्स्टेशन संचालन गर्न तुल्सीपुर देखि सितलपाटी सम्म ३३ के.भि. लाइनको तार मर्मत सम्भार गर्नुपर्ने भएकोले बत्ती बन्द गरेर काम गर्ने नेपाल विद्युत प्राधिकरण सल्यानले जनाएको छ । प्राधिकरणले सल्यानले एक सुचना जारी गर्दै बिधुत सेवा बन्द हुने जनाएको हो ।

पुस २६ देखि २८ सम्म ३ दिन विहान ८ बजे देखी बेलुकी ५ बजे सम्म विद्युत बन्द हुने सुचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७५ पुष २६ गते बिहिवार