• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

सल्यानको नाथेखोलामा अन्तिम चरणमा रहेको पुलको काम पुनः रोकियो


पुस २६, सल्यान ।

सल्ली–चौहरजारी सडक खण्डको सल्यानको नाथेखोलामा निर्माणधीन पक्की पुलको काम पुन रोकिएको छ । ढलानको अन्तिम तयारिमा रहेको पुलको काम जग्गा विवादका कारण रोकिएको हो ।

जग्गाको मुआव्जा विवादले पुलको काम बेला बेलामा रोेकिदा समयमा काम सम्पन नहुने अवस्थाको सिर्जना भएको ठकेदार हरि वहादुर रावतले बताए । पुल सम्पन्न हुने समय अवधी सकिएपछि निमार्ण कम्पनी र ठेकेदार बिच २ पटक पुनह म्याद थपिएको छ ।

जग्गा धनी लक्ष्मी कामीले खोलामा पुल निमार्णले आफ्नो खेती योग्य जमिनमा क्षेती पुर्याएको भन्दै क्षेतीपुर्ति माग गर्देै समय समयमा पुलको काम अवरोध गर्दा पुल निमार्ण कार्यमा ढिलाई भएको हो । २ वर्ष अघि हरिहरि गजुरमुखि र सडक डिभिजन कार्यालय दाङ् विचमा २०७४ पौष मसान्त भित्र काम सक्ने गरि ४ करोड ७५ लाखमा ४० मिटर लम्वाईको पुलको काम गर्ने गरि सम्झौता भएको थियो । तर मुआव्जा विवाद देखाउँदै ठेकेदारको समेत ढिला सुस्सतीले समयमा पुल नबनेको स्थानीय वताउँछन् ।

मुआव्जा विवादले पुल समयमा नबन्दा वर्षा याममा सल्ली चौहरजारी सडक बन्द हुने गरेको छ । विवाद नसल्टीदाँ ठेकेदारले पुलमा काम गर्ने ज्यामी फिर्ता लगेका छन ।

अहिले पनि विवादीत काम सुल्झाउन सम्बन्धीत निकायले सहयोग नगरेको निमार्ण कम्पनीको आरोप छ । तर स्थानीय बासिन्दाहरु भने जति सक्यो जाँडो पुलको काम अघि वढाउन माग गरेका छन् ।

यस अघिको निर्माण कार्य

प्रकाशित मिति : २०७५ पुष २६ गते बिहिवार