• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

दाङको दंगिशरण गाउँपालिमा कर्मचारीलाई विभेद गरेको भन्दै कडा आपत्ती, कमाउ धन्दाको आरोप


पुस २७, दाङ ।

दंगिशरण गाउँपालिकाले विषयगत कार्यालय र कार्यक्रमलाई विभेद गरेकाे भन्दै कर्मचारीले आपत्ति प्रकट गरेका छन् ।

गाउँपालिकाकाे विभेदले सिमा नागेकाे भन्दै विषयगत कार्यालय र गापाकै कर्मचारीले बिहिवार आपत्ति प्रकट गरेका हुन् । उनिहरुले गाँउपालिकाका प्रशासकिय अधिकृत मार्षलकुमार वलीकै कार्यकक्षमा जम्मा भएर आपत्ति प्रकट गरेका हुन् । गाँउपालिका स्तरिय स्वास्थ्य संयाेजक विष्णुबहादुर क्षेत्रि, पशु साखा प्रमुख भरत कुमार देवकाेटा, शिक्षा संयाेजक अनिल केसी, कार्यक्रम अधिकत किरण पाेख्रेल लगाएतकाे कर्मचारिकाे टाेलिले गापाकाे अभिभावक वाटै विभेद सुरु भएकाे भन्दै अपात्ति जनाएका थिए ।

गाँउपालिका अन्तरगतका कर्मचारी प्रमाेद गिरी, कृषिका याेगमाया कवर, स्वास्थयका नेवबहादुर केसी, कर्मचारी शिशिर गाैतम, एकराज सुवेदी लगाएतले आफुहरुलाई गापाले गरेकाे विभेदले सिमा नागेकाे अधिकृत वलिसंग वताएका थिए ।

उनिहरुले गाँउपालिकाका मुख्य मुख्य व्यक्तिनै कमाउ धन्दामा लागेकाे, नातावाद कृपावादका आधारमा तेल वितरण गरेकाे, विषयगत कार्यलयका कार्यक्रममा हस्तक्षेप गरेकाे समेत आराेप लगाएका थिए । कर्मचारीहरुकाे आपत्ति माथि प्रकाश पार्दै अधिकृत वलिले गाँउपालिकामा काम गर्ने वातावरण नभएकाे जिम्मेवार व्यक्तिले सुरु देखि नै वातावरण विगारेकाे वताएका थिए ।

साेहि दिनकाे फरक छलफलमा अधिकृत वलिले गाउपालिकाका अध्यक्ष वाट कर्मचारीकाे तलब फ्रिज गर्ने जस्ता अन्यायपुर्ण व्यवहार भएकाे स्विकारेकाे साथै उनले अबका दिनमा न्यायसंगत तरिकाले गाँउपालिकालाई अगाडि बढाउन सवैकाे साथ सहयाेगकाे अवश्यक्ता हुने पनि वताए ।

प्रकाशित मिति : २०७५ पुष २७ गते शुक्रवार