• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

विद्वान छोराे पुर्णिमाको रातमा मुर्ख बुबाकाे हत्या गर्न गएपछि…


एक मुर्ख बुवाले आफ्नो छोरालाई कहिले पढ्न प्रेराणा दिएनान् । छोरा अत्यन्त लगनशिलता र प्रतिभाशाली थिए । छोराले आफ्नै पसिना र मिहिनेताले डिग्री आर्जन गरे । उनको विद्वनता बढ्दै गयो र समाजमा उनि प्रतिभाशाली बिचारक बन्दै गए तर बुवाले कहिले छोराको प्रतिभाको सम्मान गरेनन् ।

उनि ठुलो ठुलो सभामा प्रबचन दिन्थे, सबै उनिको बिचार प्रती सहमत हुँदै ताली ठोक्थे तर आफ्नै बुवाले उनको खन्डन गर्थे । छोराको विद्वताको परिचय बड्दै गए सँगसँगै बुवाको मुर्ख तर्क र तिरस्कार पनि ।

एक दिन ति विद्वान छोरालाई मनमा अत्यन्त बाबु प्रती घृना आयो । उनले सोच्दै गए “मलाई बुवाले कहिले सहयोग गर्नु भएन । सहयोग नगर्दा नि केहि थिएन तर संसारको मानिस मेरो बिचारको खन्डन गर्न सक्दैनन् तर मेरो बुवाको कारण म पतित हुँदै छु ।” त्यसैले उनले बुवाको हत्या गर्ने सोच बनाए ।

पुर्निमाको रात थियो । उनि हातमा तरबार बोकेर बुवाको हत्या गर्न हिडे । बुवा सुतेको कोठाको झ्याल बाट केहि कुरा गरेको सुनियो । बुवाले आमा सँग भने– “यो जुन हेर न आकासमा लाखौ ताराको अस्तित्व मारेर आफु चम्केको छ त्यसरी नै मेरो छोरा पनि संसारमा चम्केको छ ।”

आमाले असहमती हुँदै भनिन तपाइ सधै छोराको कुरा काट्नु हुन्छ आज किन यस्तो कुरा ? बुवाले भने– “हेर प्रिय मलाई पनि थाह छ मेरो छोरा संसारको विद्वान हो । उसलाई कसैले पनि खन्डन गर्न सक्दैन भने म त मुर्ख हु मैले खन्डन गर्ने कुरै भएन । म किन बेतर्क गर्छु भने (उ नमातियोस्, नबिग्रीयोस् र सधै म संसारको अघि राम्रो भएता पनि कुनै मलाई नराम्रो मान्ने पनि छ भन्ने कुरा सम्झियोस् । उ कसैको अघाडी नझुक्न सिकोस ।) भनेर भनेको हुँ ।” यो कुरा उनले आफ्नो श्रीमती सँग सबै भनपछि विद्धान छोराले सबै कुरा सुनेछन् । र बुवाको पाउमा परेर रुदै माफी मागे र भने मैले सधै तपाइ मलाई नराम्रो ठान्नु हुन्छ र तपाइको अगाडी म संसारका मानिसलाई आफ्नो बहसमा लिने छु भन्ने अठोट गरे । र त्यही गरे तर यो सब फिक्का भयो भन्दै राए ।

बुवाले भने कुनै पनि मानिसको पछाडी समर्थन र बिरोधी हुन्छन् र त्यही बिच बाट जिन्दगी अघि बड्छ ता कि ति कुनै मित्र पनि होईनन् दुस्मन पनि होईनन् । तिम्रो बिरोधी कोही भएनन् । त्यसैले मैले तिम्रो बिरोध गरेको हुँ जसको कारण तिम्रो विद्वनताले आकार लियो ।

त्यसैले हामी सधै एउटै कुरा बाट मुक्त हुन खोज्छौ त्यो फरक धाराणा र बिचार जसको कारण हामी उठ्न सक्दैनौ । फरक धारणा सबै दुस्मन हुँदैनन उनि हाम्रै मित्र हुन सक्छन । तर हामी भ्रमित हुन पनि सक्छौ ।

लेखक डाँगी जनकल्याण क्याम्पस थारमारे सल्यानका शिक्षक तथा पप गायक हुन् …

प्रकाशित मिती २०७५ पुस २७ गते

प्रकाशित मिति : २०७५ पुष २७ गते शुक्रवार