• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

पश्चिम सल्यानमा प्रहरीले गर्याे २ हजार ५ सय लिटर घरेलु मदिरा नष्ट


पुस २८, सल्यान ।

सल्यानकोे पश्चिम क्षेत्रमा रहेका स्थानीय वजारमा रहेको अवैध घरेलु मदिरा प्रहरीले सनिबार नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय सल्लीवजारका इन्चार्ज शुसिल रावलको नेतृत्वमा गएको गस्ती टोलिले बनगाड कुपिण्डेको वडा ५ को शंखपिपल वजार, त्रिवेणि वजार, वडा ६ को सुनौली वजार, वडा १ को देवस्थल, सल्ली वजारको गैलीवजार र सल्लीवजारको विभिन्न स्थानहरुबाट २ हजार ५ सय लिटर मदिरा वरामद गरि नष्ट गरिएको हाे । घरेलु मदिरा तयार पार्ने सयौ थान भाडाकुडाँ र मदिराको लागि आवश्यक ९० केजी कच्च पदार्थ समेत नष्ट गरेको छ ।

स्थानीय वजार र घरबाट प्रहरीले थुप्रै मात्रामा घरेलु मदिारासँगै मदिरा पार्ने भाँडा कुडा बरामद गरेको वताएको छ । सल्यानको पश्चिम क्षेत्रमा अवैध रुपमा घरेलु मदिराका कारण समाज र घरमा झैझगा वढ्न थाले पछि यो अभियान लागु गरिएको हो । मदिाराकै कारण अधिकांस झगाडा हुने गरेको र तेहि प्रकृतिका उजुरी वढि आउने गरेको इलाका प्रहरी कार्यलय सल्लीवजारले जनाएको छ ।

स्थानीय वजार लगाएत यो अभियान गाउँगाउँ सम्म पुर्याउने इप्रका ईन्चार्ज शुसिल रावलले जानकारी दिए । अवैध मदिारा नष्ट गर्ने अभियानमा यतिवेला इलाका प्रहरी कार्यालय सल्लीवजार अग्रसर देखिएको छ । जनप्रतिनीधी, पत्रकार, स्थानीय लगाएतको मुचुल्का र रोवहरमा सवै मदिरा नष्ट गरिएको छ ।

प्रकाशित मिति : २०७५ पुष २८ गते शनिवार