• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

प्रहरीमा भर्ना छनौटका लागि कोहलपुर गएका सुर्खेतका एक युवककाे घाँटी रेटेर हत्या


पुस २८, काेहलपुर ।

प्रहरीमा भर्ना छनौटका लागि बाँकेकाे कोहलपुर गएका सुर्खेतका एक युवककाे  घाँटी रेटेर हत्या भएको छ।

सुर्खेतकाे सिम्ता गाउँपालिका काफलकोटस्थित २२ वर्षीय दिपकसिंह ठकुरीको शनिवार बिहान हत्या भएको हाे । बाँकेको कोहलपुर नगरपालिका–११, नयाँ बसपार्क पछाडि आधा घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। नेपाल प्रहरीमा भर्ना छनौटका लागि सुर्खेतबाट काेहलपुर पुगेका उनि  आफन्तको घरमा बस्दै आएका थिए ।

शुक्रवार साँझ उनि घरबाट निस्केको आफन्तले बताएका छन्।

हत्याको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीले जानकारी दिए। ‘आज बिहानमात्रै हामीले शव फेला पारेका छौँ,’ उनले भने, ‘हत्या कसले र किन गरे भन्ने विषयमा तालिम प्राप्त कुकुरको सहायताले अनुसन्धान गर्न सुरु गरेका छौं।’

प्रकाशित मिति : २०७५ पुष २८ गते शनिवार