• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानका स्थानीय तहले लुटतन्त्र मच्याउदै, एउटा निकासी बस्तुको दुई ठाउँमा लिइयो कर


पुस २९, सल्यान ।
सल्यानका स्थानीय तहले लुटतन्त्र मच्याउन थालेका छन् । कर्णली प्रदेशमा पर्ने सल्यानबाट कुनै उत्पादित वस्तु निकासी गर्दा लाग्ने कर स्थानीय तहले आफुखुसी लिने गरेका छन् ।

निकासी कर एउटा स्थानीय तहमा तिरेपछि अर्काे स्थानीय तहले लिन नपाउने प्राबधान भएपनि सल्यानका स्थानीय तहले आफुखुसी लिने गरेका छन् । राप्ती राजमार्गमा ७ ओटा स्थानीय तह पर्दछन् । यस राजमार्गबाट जिल्ला बाहिर अर्थात अर्काे प्रदेशमा कुनै सामान निर्यात गर्दा एउटा स्थानीय तहमा कर तिरेपछि अर्काे स्थानीय तहले कर लिन पाउदैन् । तर सनिबार त्रिवेणी गाउँपालिकामा वस्तु निकासी कर तिरेपछि कपुरकोट गाउँपालिकाले पनि पुनह बस्तु निकासी कर लिएको छ ।

श्रीनगरबाट दाङ तुलसीपुरको लागी १० कुइन्टोल मकै बोकेर हिडेको रा १ ख १८१२ नम्बरको मिनी ट्रकलाई त्रिवेणी गाउँपालिकाले निकासी आम्दानी शिर्षकमा प्रति कुन्टल १० रुपैयाका दरले रसिद काट्यो । त्यसपछि सोहि गाडीलाई कपुरकोट गाउँपालिकाले पनि उत्पादित वस्तुहरु निकासी कर संकलनमा प्रति कुइटोल १० रुपैयाका दरले रसिद कटेको गाडीधनी नविन केसीले लेकाली अनलाइनलाई बताए ।

सधै एक ठाउँमा मात्रै काटिने रसिद दुई ठाउँमा किन काटेको भन्दै उनले कपुरकोट गाउँपालिकामा रसिद काट्ने कर्मचारीलाई सोध्दा त्रिवेणी गाउँपालिकामा तिरेको कर फरक र आफ्नो गाउँपालिकाको फरक भएको जवाफ दिए । एक ठाउँमा कर तिरीसकेको छु अर्काेमा किन तिर्नुपर्याे भनेर गाडीधनी केसीले कपुरकोट गाउँपालिकाका कर्मचारी सँग कन्भेन्स गर्न खोज्दा कर लगेको बताए ।

यस विषयमा त्रिवेणी गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले आफ्नो गाउँपालिकामा तिरेको कर अर्को गाउँपालिकाले लिनु नपर्ने बताए । लेकाली अनलाइन सँग कुरा गर्दै उनले राप्ती राजमार्ग प्रयोग गरेर सल्यानबाट दाङतिर निकासी हुने वस्तु समानको कर आफुभन्दा अघि कसैले लिएमा आफुले नलिने र कसैले नलिएको भए आफुले लिने गरेको बताए । यदि आफुले लिइसके पछि अर्काे स्थानीय तहले लिन नपाउने उनको भनाई छ । यस्तो खालको गुनासो यसअघि पनि आफुकहाँ आएको उनले बताए ।

यता कपुरकोट गाउँपालिकाका कार्यकारी अधिकृत सुवाश रिजालले अर्काे स्थानीय तहमा बुझाएको कर आफुले लिने नगरेको तर कर उठाउने कर्मचारीको कमजोरीले यस्तो भएको हुनसक्ने बताए । धेरै कर उठाउन खोज्दा यस्तो भएको हुन सक्ने भन्दै उनले यस विषयमा गाउँपालिका बुझ्ने बताएका छन् ।

त्रिवेणी गाउँपालिकामा काटिएकाे रसिद

कपुरकाेट गाउँपालिकामा काटिएकाे रसिद

 

प्रकाशित मिति : २०७५ पुष २९ गते आइतवार