• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

जनयुद्धमा माओवादीका सल्यान जिल्ला ईञ्चार्ज भएका “सौरभ” राप्रपामा प्रवेश


पुस २९, सल्यान । 

जनयुद्धको समयमा तत्कालिन नेकपा माओवादीका सल्यान ईञ्चार्ज भएका धन वहादुर वली “सौरभ” राप्रपामा प्रवेश गरेका छन् ।

राप्रपा सल्यानले आइतबार सदरमुकाम खलंगामा गरेकाे प्रदेश स्तरीय हिन्दु जागरण कार्यक्रममा वलीले राप्रपामा प्रवेश गरेका हुन् । उनलाई राप्राका  नेता तथा संघिय संसद राजेन्द्र लिङदेन, केन्द्रिय सदस्य राजेन्द्रविर राई, केन्द्रिय सदस्य अनुवम सिंह श्रेष्ठ लगाएतले माला तथा खादा लगाएर विधिवत रुपमा पार्टी प्रवेश गराएका थिए ।

कार्यक्रममा जिल्ला भरीवाट खलंगा आएका कार्यकर्ता तथा सर्वसाधारण लाई सम्वोधन गर्दे संसद लिङदेनले आफनो यात्रामा कहीँ पनी विचलित नभई लाग्न कार्यकर्ताहरु लाई निर्देशन दिएका छन् । सम्वोधनका क्रममा उनले नेपाल हिन्दुराज्य भएकाे र याे सधै रही रहने दावी गरेका छन् । उनले भने- “हामी ९५ प्रतिशत जनसंख्या भएकाे धर्मावलम्विहरु लाई वेवास्ता गर्दे सरकार क्रिष्टियानीटी वढाउन लागेको आरोप लगाए ।

प्रकाशित मिति : २०७५ पुष २९ गते आइतवार