• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा घरेलु मदिरा नस्ट गरेपनि बिदेशी मदिराको खुलेआम व्यापार चम्कीयो


पुस २९, सल्यान ।
सल्यानमा घरेलु मदिरा नस्ट गर्ने अभियान चलेपनि बिदेशी मदिराले राम्रै बजार पाएको छ । जिल्लाको विभिन्न ठाउँमा प्रहरीले अवैध घरेलु मदिरा भन्दै नस्ट गरेपनि वैधानिक पाएको अन्तर्राष्ट्रिय स्थरका विभिन्न कम्पनीका महंगा मदिराले बजार राम्रै पाएको हो ।

लेकाली अनलाइनले सल्यानमा घरेलु मदिरा नस्ट गरेका विभिन्न समाचार सम्प्रेषण गरिरहदा धेरै पाठकहरुले अन्तर्राष्ट्रिय स्थरका मदिरा पनि नस्ट गर्नु पर्ने प्रतिकृया दिएका थिए । घरेलु मदिरा नस्ट गरि गरिबको रोटीरोजी खोसेर अन्तर्राष्ट्रिय मदिरालाई प्रोत्साहन दिनुभन्दा दुवै मदिरा नस्ट गर्नुपर्ने आम पाठकको बुझाई छ ।

जिल्लाका विभिन्न बजारमा पहिले छ्यापछ्याप्ती पाइने घरेलु मदिरा आजभोली पाउन छोडेका छन् । प्रहरीले अवैध रुपमा राखेको भन्दै घरेलु मदिरा नस्ट गर्न थालेपछि यो मदिरा पाउन छोडेको हो । तर अन्तर्राष्ट्रिय स्थरका महंगा रक्सी भने खुलेआम पाउने गरेका छन् ।

वैधानीक रुपमा अनुमती लिएर व्यापार गरिरहेका व्यापारीहरुले यी मदिरा खुलेआम बिक्री गरिरहेका छन् । घरेलु मदिराले झै–झगडा निम्त्याउने भन्दै प्रहरीले नस्ट गरेपनि अन्तर्राष्ट्रिय मदिराले व्यापार तिब्र लिएको हो । यसरी अन्तर्राष्ट्रिय मदिराको खुलेआम व्यापारले मानिसहरु पनि खुलेआम रक्सी खाने गरेको देखिन्छ ।

अन्तर्राष्ट्रिय मदिरालाई भने नियन्त्रण गर्न नसकिने प्रहरीले बताएको छ । राष्ट्रिय रुपमा मदिरा बिक्रीको लागी सरकारले नै अनुमती दिएपछि आफुहरुले रोक लगाउन नसक्ने जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी बिरेन्द्र बहादुर शाहीले यसघिका विभिन्न सार्वजनिक कार्यक्रममा बताउदै आएका छन् । यसको रोकथामको लागी स्थानीय सरकारले केही निती बनाएर मदिरा मुक्त तह बनाएमा रोकथामको त्यही नै विकल्प हुने उनको तर्क छ ।

प्रकाशित मिति : २०७५ पुष २९ गते आइतवार