• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा सय बर्षीया बृद्वाले आँखा जाँच गराइन्


पुस ३०, सल्यान ।
सल्यानमा एक सय बर्षकी बृद्वाले आँखा जाँच गराएकी छन् ।

जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका ९ जयतपानीमा रहेको प्रतिभा माद्यामिक बिद्यालयको प्रांगणमा चलेको आँखा चेक जाँच शिविरान सय बर्षीया लती यरीको आँखा जाँच गराएकी हुन् । यसरी घरआँगनमा नै आँखा जाँच गर्न पाउला भन्ने नसोचेको उनले आँखा जाँच पछि खुसी हुँदै बताएन् । उनि सँगै ८५ वर्षिया रती कुमाइ र ८४ वर्षिया शितली कुवंरको पनि आँखा जाँच गरिएको थियो ।

नेपाल नेत्रज्योती संघ, सल्यान आँखा उपचार केन्द्र शितलपाटीको प्राविधिक सहयोग र परिवर्तन कृषि सहकारी संस्था लिमिटेडको आयोजना तथा स्थानिय ब्यबस्थापनमा सम्पन्न शिबिरमा १ सय २ जना महिला र ५३ जना पुरुषहरूको आँखा जाँच गरिएको थियो । जसमध्ये ३३ जना मोतीबिन्दु भएका विरामीलाई अप्रेसनको लागि छनौट गरिएका छ भने ५ जना आखाको आसुनली बन्द भएकाहरुलाइ अप्रेशनको लागि राप्ती आँखा अस्पताल तुल्सिपुर पठाईएको छ ।

आँखाजाँच कार्यक्रममा सल्यान आँखा उपचार केन्द्रका प्रमुख पदमराज पन्त र सुन्सरा बस्नेतले सेवा दिएका थिए । शिबिरमा आँखाका सामान्य विरामी जस्तै आँखाका परेला भित्र फर्केका, आँखा पाकेका, आँखामा मासु पलाएका, आँखा रातो भएका, आँखा बिजाउने, आँखा सुख्खा हुने, आँखा पोल्ने, आँखा भत्किने र चश्मा लगाउनु पर्ने समस्या भएका बिरामीहरुलाइ निशुल्क औषधि तथा आवस्यक सरसल्लाह दिईएको थियो ।

प्रकाशित मिति : २०७५ पुष ३० गते सोमवार