• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

१२ बर्षपछि सल्यानमा ३३ केवी लाइन संचालनमा आयो, अब विद्युत भोल्टेज कम नहुँने


पुस ३०, सल्यान ।
सल्यानको शितलपाटीमा रहेको ३३ केवी विद्युत सब स्टेशन १२ बर्षपछि सञ्चालनमा आएको छ । २०६३ देखि सुरु भएको सब स्टेशन बिचबिचमा सञ्चालन गर्न खोजेपनि प्राविधिक अवरुद्ध आइरहेको थियो ।

यही पुस २६ गतेदेखि २८ गतेसम्मको सुचनालाई एक दिन थप गरेर पुस २९ गतेसम्म दिउँसको समयमा विद्युत सेवा बन्द गरेर सब स्टेशन संचालनको लागी काम थालनी गरिएको थियो । गएराती नै सब स्टेशन संचालन भएपनि फेरी केहि समस्या आएको कारण आज दिउँस समस्या सामाधान भएर ३३ केवी संचालनमा आएको नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलले लेकाली अनलाइनलाई बताए ।

१२ बर्षसम्म संचालन नभएको ३३ केवी सब स्टेसनको सुचारु चरणमा भने बिचबिचमा केहि समस्या आउन सक्ने उनले बताएका छन् । तर अब पहिलेको जस्तो समस्या नआउने र यही ३३ केवीबाटै काम गर्ने उनको दाबी छ ।

विगतमा ३३ केवि लाईन चालु गर्न खोज्दा सल्यानमा पटकपटक विद्युत अवरुद्ध हुने र काम कहिल्यै पनि पुरा नहुने गरेको थियो । ३३ केवी चालु भएसँगै अब सल्यान र रुकुममा विद्युत भोल्टेज कम हुने समस्या हट्ने केन्द्र प्रमुख पोखरेलले बताए । उनले भने– “अब विद्युत भोल्टेज धेरै आउछ, पहिलेको जस्तो हुँदैन् । पहिले तुलसीपुर देखि काटिने लाइन अब सल्यान शितलपाटी बाटै काट्न मिल्छ ।”

प्रकाशित मिति : २०७५ पुष ३० गते सोमवार