• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

यी हुन् विश्वकै सबैभन्दा महंगा ४ अ‍ोटा मोबाइल , जसको मुल्य हेर्नुहोस् यस्तो छ ?


काठमाडौं ।

विज्ञान र प्रविधीको विकाससँगै विश्वले हरेक किसिमका चमत्कारहरु गर्न थालेको छ । जसकारण हामीले दैनिक रुपमा चलाउने गरेको मोबाइल फोनको छेउमा यतिधेरै महंगो मोबाइल निर्माण भैसकेको छ । जसको मुल्य सुन्दा विश्व नै चकित पर्छ , झन हामी नपर्ने कुरा भएन् । किनभने हामीले एउटा फोनको मुल्य लाखौसम्म त सुनेको थियौ । तर ५६ करोड रुपैयाँ पर्ने फोन पनि आएको भन्दा विश्वास लाग्दैन् ।

पहिलो हिरा जडित आइफोन
यो हिरा जडित आइफोनलाई विश्वकै सबैभन्दा महङ्गो फोन मानिन्छ । विश्व चर्चित कम्पनी आइफोनले निर्माण गरेको फोनमा ५ सय हिरा प्रयोग गरेको थियो । भने यस फोनमा ३२ जिबी मेमोरी रहेको छ । यस फोनको मुल्य ५६ करोड रुपैयाँ पर्दछ ।

दोस्रो सुन जडित आइफोन
यो फोन चर्चित कम्पनी आइफोनले तयार पारेको सुन जडित फोन हो । स्टुअर्ट ह्यूजले डिजाइन गरेको फोनमा सुन र केही मात्रामा हिरा प्रयोग गरिएको थियो । जसमा ३२ जिबीको मेमोरी कार्ड रहेको छ । सन् २००९ मा बजारमा आएका यस फोनको मूल्य २१ करोड रुपैयाँ राखिएको थियो ।

तेस्रो स्थानमा सुन जडित क्रिप्टो फोन
यो सुन जडित क्रिप्टो फोन विश्वकै महंगोमध्ये तेस्रो स्थानमा पर्ने फोन हो । विन्डो सिई अपरेटिङ्ग सिस्टममा निर्माण गरिएको फोनमा केही मात्रामा हिरा र सुनको प्रयोग गरिएको थियो । मोटोरोला एमएक्सटुवान प्रोसेसर भएको यो फोनमा २.२ इन्च डिस्प्ले र ६४ एमबी इन्टनल स्टोरेज रहेको थियो । यसको मुल्य करिब ९करोड तोकिएको थियो ।

र चौथो स्थानमा कालो हिरा जडित भिआइपिएन फोन
विश्वको महंगो फोनमध्ये एक कालो हिरा जडित भिआइपिएन फोन पनि हो । यो फोनको निमार्ण गर्दा हिराको प्रयोग गरिएको थियो । यसको मुल्य २.०७ करोड रहेको थियो ।

प्रकाशित मिति : २०७५ पुष ३० गते सोमवार