• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

सल्यानको बाङ्गेलाखुरीमा सिद्ध बाबाको मन्दिर निर्माण, माघ १ गते माघि मेला लाग्ने


पुस ३०, सल्यान ।
सल्यानको बाङ्गेलाखुरीमा करिब २ लाखको लागतमा सिद्ध बाबाको मन्दिर निर्माण गरिएको छ ।

बागचौर नगरपालिका ५ मा पर्ने बाङ्गेलाखुरीमा ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बद्र्धनको लागी सिद्ध बाबाको मन्दिर निर्माण गरिएको हो । विगत वर्षदेखि नै सिद्ध बाबाको पुजा गर्दै आएको यस क्षेत्रमा देउसीभैलो, चन्दा सहयोग, अन्तरिक कोष, स्थानिय जनश्रमदान गरि कुल १ लाख ९७ हजार १ सय ५३ रुपैयाको लागतमा नयाँ मन्दिर निर्माण गरीएको हो ।

उक्त नयाँ मन्दिरको सोमबार विधिवत रुपमा उद्घाटन गरिएको छ । साथै अबदेखि प्रत्यक वर्ष माघ १ गते उक्त मन्दिरमा माघि मेला लाग्ने मन्दिर व्याबस्थापन समितिले निर्णय गरेको छ । मंगलबार लाग्ने माघि मेलालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न उपस्थितिको लागी मन्दिर व्यावस्थापन समितीले सबैलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७५ पुष ३० गते सोमवार