• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

सुर्खेतको सिम्तामा राष्ट्रिय योग दिवस मनाईयो


माघ १, सल्यान ।

सुर्खेत सिम्ता गाउँपालिका वादेपिपल आयुर्वेद औषधलाय राकमको आयोजनामा आज चौथो राष्ट्रिय योग दिवस मनाइएको छ ।

“गरौ योग रहौं निरोग” भन्ने मुल नारा तय गरिएको कार्याक्रममा वडा नं ६ का वडा अध्यक्ष राजेन्द्र सिं को अध्यक्षतामा भएको कार्याक्रममा विभिन्न कार्यालयका प्रमुख,पार्टि प्रतिनिधी, वादेपिपल ईलाका प्रहरी कार्यालयका प्रमुख र योग प्रशिक्षक पुष्कर वि.सी. लगाएतका व्यक्तिहरुले योगको बारेमा धारणा राखेका थिए । साथै राष्ट्रिय योग दिवसको कार्यक्रम सकिए लगतै योग अभ्यास समेत सञ्चालन गरिएको थियो ।

यसलाई निरन्तरता दिन अती जरुरी रहेको वादेपिपल आयुर्वेद औषधलाय राकमका प्रमुख प्रकास यादवले वताए । कार्यक्रलाई निरन्तरता दिनका लागि सवैको सहयोग रहेको समेत जनाएको छ ।

विसं २०३६ देखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा. हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाउन थालिएको हो । माघ १ गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीहरूले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गर्न तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव गरेका थिए ।

प्रकाशित मिति : २०७५ माघ १ गते मङ्गलवार