• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

सल्यान बागचौरका युवाहरु पौराणिक ऐतिहासिक स्थलहरुको खोजिकार्यमा लागे


माघ १, सल्यान ।
सल्यान बागचौरका युवाहरु पुरातात्त्विक एवम् पौराणिक ऐतिहासिक मोहत्वका स्थलहरूको खोजिकार्यमा लागेका छन् ।

सल्यानी युवा संजाल बागचौर नगरकार्यसमितीको टोली केहिदिन अघिदेखि यस्तो कार्यमा लागेको हो । विगतको इतिहासलाई खोजिनीति गर्ने र इतिहासका कुराहरु बाहिर ल्याउने उद्देश्यले यस्तो कार्यको थालनी गरिएको सल्यानी युवा संवाल बागचौर नगरकार्यसमितीबा अध्यक्ष विरेन्द्र डिसीले लेकाली अनलाइनर्लाइ बताए ।

नगरका प्रत्यक गाउँ ठाउँमा पुगेर स्थानीय बुद्धिजीवि, बुढापाका, राजनितीज्ञ लगाएत सँग भेटेर छलफल गर्ने र पुरातात्त्विक एवम् पौरानिक ऐतिहासिक मोहत्व भएका बस्तुहरुको खोज अनुसन्धान गर्ने उनले बताएका छन् । पुस २८ गतेदेखि सुरु भएको यो कार्यमा युवाहरुले नगरको वडा नम्बर ८ कोटमौलामा मा पर्ने ऐतिहासिक स्थान रोल्पालि राजा बसेको र हाल भग्नावशेषको अवस्थामा रहेका दरबार क्षेत्र, रानीपोखरी र कोटमौला कालिका मन्दिरको बारेमा जानकारी लिएको संजालका वामदेव केसीले बताए ।

त्यसैगरी बागचौर वडा नम्बर १० मा रहेको धोबाघाट, छायांनाथ र वडा नम्बर १ मा रहेको कोटबेत दरबार (गर्याना) को बारेमा पनि युवाहरुले जानकारी लिएका छन् । यसरी नै महिना दिन लगाएर भएपनि नगरका सबै ठाउँमा पुगेर अवलोकन गर्ने अध्यक्ष डिसीले बताएका छन् ।

सबै ठाउँको अवलोकन रिपोर्ट तयार पारेपछि भिडियो डकुमेन्ट्री बनाउने अध्यक्ष डिसीले बताए । यसमा सहयोगको लागी नगरपालिका, प्रदेश सरकार र संघिय सरकार सँग पनि अग्रह गर्ने उनले बताए ।

बागचौर नगरपालिका भित्र त्यस्ता कुनै पुरातात्त्विक एवम् पौरानिक ऐतिहासिक मोहत्वका स्थलहरू अन्य कसैलाई जानकारी भएमा आफुहरुलाई खबर गर्न युवा टोलीले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७५ माघ १ गते मङ्गलवार