• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

डा. गोविन्द केसीको स्वास्थ्यस्थिति जटिल बन्दै


माघ १, इलाम ।

अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यस्थिति जटिल बन्दै गएको छ ।

दायाँ फोक्सोमा निमोनिया भएको र रगतमा चिनीको मात्रा कम हुँदै गएको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । इलाम अस्पतालमा अनशनकै क्रममा उपचाररत केसीको मुटुको चाल पनि अनियमित तरिकाले बढ्दै गएको छ ।

उनी चिकित्सा क्षेत्र सुधारको माग राखी इलामबाट १६औँ अनशनमा छन् । उनले सरकारले चिकित्सा शिक्षा विधेयक सम्झौता बमोजिम पालना नगरी तोडमोड गरेको भन्दै अनशन बसेका हुन् ।

प्रकाशित मिति : २०७५ माघ १ गते मङ्गलवार