• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

क्रान्तिकारी पत्रकारको केन्द्रिय टिम सल्यान आउदै, पत्रकारका लागी अन्तरक्रिया कार्यक्रम


माघ २, सल्यान ।
भोली माघ ३ गते सल्यानमा पत्रकारिता सम्बन्धि अन्तरकृया कार्यक्रम हुने भएको छ ।

क्रान्तिकारी पत्रकार संगठन नेपाल जिल्ला शाखा सल्यानको आयोजनामा “जनपक्षीय पत्रकारिता आजको आवश्यकता” बिषयक अन्तरक्रिया कार्यक्रम बिहान ११ खलंगा बालमन्दिरमा हुने भएको हो । कार्यक्रमलाई सम्बोधन गर्न संगठनका केन्द्रिय अध्यक्ष प्रकाश डुम्रे, महासचिव हिम विष्ट, कोषअध्यक्ष जानकी चौधरी लगाएतको टिम सल्यान आउने संगठनका जिल्ला अध्यक्ष योगराज विकले बताएका छन् ।

अन्तरकृया कार्यक्रममा उपस्थिति हुन् जिल्ला स्थित सम्पुर्ण पत्रकार, मानवअधिकारकर्मी, कानुन व्यवसायी, वकिल, बुद्धिजीवी, लेखापढी, प्रध्यापक लगाएत आग्रह गरिएको जिल्ला सचिव खकेन्द्र केसीले बताएका छन् ।

प्रकाशित मिति : २०७५ माघ २ गते बुधवार