• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

खेलप्रति सहयोग नभएको भन्दै सल्यानका भलिवल खेलाडिहरुको गुनासो


माघ २, सल्यान ।

सल्यानको पश्चिम क्षेत्रका खेलाडिहरुले आफुहरुलाई स्थानीय निकायबाट हुने कुनै सहयोग नभएको गुनासो गरेका छन् ।

बनगाड कुपिण्डे नगरपालिकाको वडा ११ का उत्कृष्ट भलिवल खेलाडि रञ्जीत वि.क.ले आफुहरुलाई स्थानीय तहबाट कुनै सहयोग नभएको वताए । गत आर्थिक वार्षिकको वजेटमा सिधै वडालाई ५० हजार रुपैया खेलकुदको लागि विनीयोजन भयो तर त्यो पैसा सिमित व्यक्तिहरुले मात्रै खर्चेको उनको दुखेसो छ ।

बाँके, रुकुम, सुर्खेत, दैलेख, जाजरकोट, अछाम र कालीकोट, जुम्ला, सुदुर पश्चिम लगाएतका क्षेत्र तथा जिल्लामा पुगेर उनिहरुले उत्कृष्ट खेल खेलेर, जिल्ला र नगरपालीका,गाउँपालिका मेडल, प्रमाण पत्र, ट्रपि जिती सकेका छन् । अन्य जिल्लामा आफुहरुलाई आर्थिक, पोषाक र खेल सामग्री लगाएतको ठुलो सहयोग भए पनि नगरबाट कुनै वास्ता नगरेको उनिहरुको दुखेसो छ ।

आफ्नाे नगरपालिकाबाट ठुलो सहयोग र आस गरेका थियौं तर आफुहरुको खेल प्रति नगरका जनप्रतिनीधी नै वेखबर भएको महशु गरेको उनिहरुको दुखेसो छ । अन्य जिल्लाका जिल्ला प्रमुख,स्थानीय तहका प्रमुखबाट पाएको माया, सहयोग, सद्भाव पाएको तर आफ्नै नगरबाट कुनै वास्ता नहुदाँ सधै मन खिन्न हुनु परेको खेलाडि उमेश वि.क.ले वताए ।

हामीहरुले अन्य जिल्लामा पुगेर राम्रो खेल पर्दशन गरि प्रथम स्थान हुदाँ र जिल्ला तथा नगरको इज्जत उच्चो वनाउने खेल खेल्दा समेत कसैलाई केहि थाहा नपाए जस्तो गर्नुले निक्कै दुखी हुने गरेको भलिवल खेलाडि रञ्जितको गुनासो छ । खेल प्रति नगरको कुनै चासो नहुनु,कुनै सहयोग प्राप्त नहुनु भनेको दुखद पक्ष हो ।

यो आर्थिक वर्षमा पनि मेयर कप प्रतियोगिताको लागि नगरले वजेट विनीयोजन गरेको छ भन्न सुनेका छौं । तर गत वर्षको जस्तै नभएर अलि व्यवस्थतीत तथा पादर्शि ढंगबाट खेल होस भन्ने उनिहरुको कामना छ । यो नगरपालिकामा भलिवलका लागि राम्रा खेलाडि छन् । उनिहरुले अन्य क्षेत्रमा पुगेर राम्रो खेल पदर्शन गरेर सधै उत्कृष्ट स्थान प्राप्त गर्ने गरेका छन् ।

प्रकाशित मिति : २०७५ माघ २ गते बुधवार