• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानको शिद्धकुमाख गाउपालिकाले कृर्षि नर्सरि स्थापना गर्यो


माघ २, सल्यान ।
सल्यानकाे सिद्धकुमाख गाउँपालिकाले कृषि वन नर्सरी स्थापना गरेको छ ।

समुन्द्री सतहदेखि १७०० मिटर उचाइमा रहेको साे गाउँपालिकाकाे वडा नम्बर ३ स्थित फलाटेमा झण्डै १३० बर्गमिटरको क्षेत्रफलमा नर्सरी स्थापना गरिएको हो । नर्सरीमा सम्पुर्ण रूपमा जैविक तथा प्राङ्गारिक मल प्रयोग गरिएको र सिद्ध कुमाख गाउँपालिका भित्रका विभिन्न सुन्तला वगैँचाबाट सुन्तला खरिद गरि बिज तयार पारिएकाे गाउँपालिका कृषि शाखामा कार्यरत ना.प्रा.स. भिमसेन विकले बताए।

पहिलोपटक स्थापना गरिएको बनस्पति नर्सरीमा सून्तला, कागती, ज्यामिर र टिमुरको विजारोपन गरिएको हो। नर्सरीबाट एक लाख विरूवा उत्पादन गर्ने र बार्षिक झण्डै २० लाख आर्थिक आम्दानी गर्ने लक्ष्य लिएको गाउँपालिकाले जनाएको छ ।

सिद्ध कुमाख गाउँपालिकालाइ कृषिबाट नै समृद्ध बनाउन सकिने भएकाले अन्य ठाउँमा पनि नर्सरी स्थापना गरिने गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले बताएका छन् । यो ठाउँकाे हावापानी राम्रो भएकाले अन्य विभिन्न दुर्लभ जातका विरूवाहरू पनि यहाँबाट उत्पादन गर्न सकिने उनले बताए ।

त्यसैगरी सुन्तलाको विज बनाउदा प्रयोग गरिएका सुन्तलाबाट झण्डै २०० लिटर सुन्तला जुस बनाइएको, कागती बाट अचार बनाइएको र यो सम्वन्धि OJT मा रहेका विद्यार्थिहरूलाइ सिपमूलक तालिम समेत दिइएको कृषि शाखा प्रमुख नेत्रलाल घर्तिले बताएका छन् ।

 

प्रकाशित मिति : २०७५ माघ २ गते बुधवार