• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

चलचित्र समरलभका कलाकार तुलसीपुरमा


माघ ३ , दाङ । बहुचर्चित उपन्यास ‘समर लभ’मा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘समर लभ’को युनिटले आज तुलसीपुरमा चलचित्रको बारेमा जानकारी गराएको छ ।
चलचित्र पत्रकार संघ दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा ‘सुमर लभ’ को ट्रेलर र टिजर सार्बजनीक भएसंगै दर्षकहरुले उक्त चलचित्र हेर्ने तिब्र चाहाना ब्यक्त गरेको निर्माण टिमको भनाई छ ।

प्रेम दिवसको अवसर पारेर माघ २५ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्रलाई मुस्कान ढकालले निर्देशन गरेका हुन । सुविन भट्टराईकै कथा रहेको चलचित्रमा सुविन र सामिप्यराज तिमिल्सिनाको पटकथा छ । चलचित्रमा आशिष पिया, रेवती क्षेत्री, सुरज सिंह ठकुरी, नम्रता सापकोटा लगायतका नयाँ कलाकारको मुख्य भूमिका छ ।अध्यक्ष धुब्रराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिब सन्तोष केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ माघ ३ गते बिहिवार