• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

सल्यानको हिमदृश्य पार्कमा खानेपानीको ट्याङ्की निर्माण


पुस ५, सल्यान ।
शारदा नगरपालिकाले पर्यटकिय गन्तव्य बनाउने उदेश्यका साथ निर्माण गरेको हिमदृश्य पार्कमा खानेपानी ट्याङ्किको निर्माण गरिएको छ ।

पार्कमा पुग्ने यात्री हरुको सहजताका लागि निर्मित खानेपानी ट्याङ्किको उद्घाटन शुक्रबार शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले गरेका हुन । शानपा ५ मा रहेको पार्कमा ट्याङ्की लगाएत वस्न प्रयोग गरिने बेन्च, ब्लक हरुका लागि करिव ५ लाख रुपैया खर्च भएको वडा अध्यक्ष प्रदिप शाहिले जानकारी दिए ।

सल्यान खलङ्गाबट करिव ३ किलोमिटर दक्षिण पश्चिम रानिकोट मा अवस्थित पार्क भित्र विश्राम गर्न र पिक्निक जाने हरुका लागि सुरक्षित वातावरण रहेको आयोजकले वताएकाछन । पार्क भित्र विभिन्न प्रकारका बिरुवा र फुल हरु रोपेर आकर्षक बनाउने प्रयास गरिएको छ ।

त्यस्तै नगरप्रमुख अधिकारीले त्यस वडामा सम्पन्न भएका र हुने चरणमा रहेका योजना हरुको पनि अवलोकण गरेका थिए । शानपा ५ मा यो वर्ष ५४ लाख रुपैया वजेट बिनियोजन गरिएकोछ बने बिनियोजित रकम मध्य करिव ८० प्रतिशत खर्च भैसकेको वडा कार्यालयले जनाएकोछ।

प्रकाशित मिति : २०७५ माघ ५ गते शनिवार