• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा नगरपालिकाले उद्घाटन गर्ने कार्यक्रममा काँग्रेसको पार्टी प्रवेश कार्यक्रम भयो


माघ ५, सल्यान ।
सल्यानमा नगरपालिकाले उद्घाटन गरेको कार्यक्रममा काँग्रेसको पार्टी प्रवेश कार्यक्रम भएको छ ।

जिल्लाको शारदा नगरपालिकाले वडा नम्बर ५ स्थित हिमदृश्य पार्कमा निर्माण गरेको ट्याङ्की उद्घाटन कार्यक्रममा काँग्रेसको पार्टी प्रवेश कार्यक्रम पनि भएको हो । नगरपालिका बाट ५४ लाख विनियोजित रकममा निर्माण गरिएको ट्याङ्की उद्घाटन गर्न शुक्रबार नेपाली काँग्रेसबाट चुनाव जितेका नगरप्रमुख सुरेश अधिकारी र उपप्रमुख सावित्रा वस्नेत हिमदृश्य पार्कमा पुगेका थिए ।

उनी सँगै गएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य डिल्ली राज रेग्मी, नेता धुर्वराज पुरी, जिल्ला सचिव चक्र देबकोटाले कार्यक्रममा विभिन्न पार्टीका नेता कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराएका हुन् । पार्टी प्रवेश गर्नेहरुमा राप्रपाका वडा सचिव रोशन विस्ट, स्थानिय निर्वाचनमा माओवादी र राप्रपा बाट वडा सदस्यको उमेद्वार वनेका लिलावती नेपाली र चन्द्र कुमार सार्की, एमालेका सङ्गठित सदस्य हरु तिर्थ कुमार के सी र खिमी कुमारी नेपाली र राप्रपाका कार्यकर्ता भुपेन्द्र केसी लगाए एक दर्जन बढी रहेका छन ।

नव प्रवेशीहरुलाइ नगरप्रमुख सुरेश अधिकारी, उप प्रमुख सावित्रा वस्नेत, काँग्रेश नेता डिल्ली राज रेग्मी, धुर्वराज पुरी, काँग्रेस जिल्ला सचिव चक्र देबकोटा र वडा अध्यक्ष प्रदिप शाहिले फुल माला लगाएर स्वागत गरेका थिए ।

कार्यक्रम लाई सम्बोधन गर्दै नेताहरुले देशको विकास, सम्प्रभुता, भाइचारा, लोकतन्त्र र शान्तिका लागि काङ्ग्रेश मात्र उपयुक्त राजनैतिक दल रहेको प्रमाणित हुँदै गएको बताएका थिए ।

यो पनि पढ्नुहोस्

सल्यानको हिमदृश्य पार्कमा खानेपानीको ट्याङ्की निर्माण

सल्यानको हिमदृश्य पार्कमा खानेपानीको ट्याङ्की निर्माण

प्रकाशित मिति : २०७५ माघ ५ गते शनिवार