• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

दाङमा बस दुर्घटना हुँदा २४ जना घाइते, २ को अवस्था गम्भीर


माघ ५, दाङ ।
दाङमा बस दुर्घटना हुँदा २४ जना यात्रुहरु घाइते भएका छन् ।

जिल्लाको तुलसीपुर बजारदेखि दमारगाउँ तर्फ जादै गरेको रा १ ख ४९४ नम्वरको बस सनिबार दमारगाउँमा दुर्घटना भएको हो । दुर्घाटनामा २४ जना यात्रुहरु घाइते भएका छन् । जसमा २ जना गम्भीर छन् ।

अहिले घाइतेहरुको अञ्चल अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ, भने गम्भीर घाइते तुलसीपुर ६ निवासी आसा विक र तुलसीपुर ११ निवासी गिता मल्ललाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरीएको छ ।

प्रकाशित मिति : २०७५ माघ ५ गते शनिवार