• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

राेल्पामा एक युवाको सिँचाई नहरमा शव फेला पर्याे


माघ ५, रोल्पा ।

राेल्पामा एक युवाको सिँचाई नहरमा व्यवारीसे अबस्थामा  शव फेला परेकाे छ ।

जिल्लाकाे रोल्पा नगरपालिका ७ जङ्कोट, माडिचौर परेमा खोला सिँचाई आयोजनाको नहरमा  अन्दाजी १७/ १८ वर्ष युवाकाे सनिबार बिहान शव फेला परेको हो । स्थानियले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय रोल्पाको टोलीले उक्त शवलाई पोष्ट मार्टमका लागी जिल्ला अस्पताल रेउघामा लिएको छ । मृतक व्यक्तिले जिन्सको पाइन्ट, कालो जकेट र छातीमा कालो धर्का भएको कालै टि–सर्ट, घाँटीमा निलो मखलर लगाएका छन् । अन्दाजी साढे ४ फिट अग्लो, रातो चप्पल लगाएको, गहु गोरो वर्णको अहिले सम्म पहिचान खुल्न सकेको छैन ।

मृतकको साथमा पहिचान खुल्ने कागजातहरु, मोवाइल, रुपैया, पर्स केही पनी नभेटिएकाले पहिचान खुल्न झनै गाह्रो भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनएको छ ।

प्रकाशित मिति : २०७५ माघ ५ गते शनिवार