• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

सल्यान पश्चिममा काँग्रेस नेताहरुको चर्को आलोचना, अगुवा नेताहरु फेरवदल गर्न कार्यकर्ताको माग


माघ ५, सल्यान ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको नेपाली काँग्रेस पार्टिको नगर वैठक सम्पन्न भएको छ । नेपाली काँग्रेस पार्टि नगर कमिटीको प्रत्येक महिनाको पहिलो शनिबार नगर कमटिको बैठक वस्ने गरेको छ ।

बनगाड कुपिण्डे नगरपालिकामा नेपाली काँग्रेस पार्टी कमजोर अवस्थामा रहेको भन्दै त्यसलाई सुधार गर्नका लागि पार्टीको गतिविधीलाई व्यापक पारिएको बैठकमा जनाएको छ । नेपाली काँग्रेस नगर कमटिको वैठकमा केन्द्रीय सदस्य डिल्ली रेग्मी, नेपाली काँग्रेसका पुर्व सल्यान जिल्ला सभापति धुर्वराज पुरी, शारदा नगरपालिकाका मेयर सुरेश अधिकारी लगाएतका नेताहरुले पार्टीका कार्यकर्ता तथा पार्टि सदस्यहरुलाई उक्त बैठकमा प्रशिक्षण दिएका छन्

बनगाडमा पार्टीको अवस्था मजवुद वनाउन सवै तह तप्काका भार्ति संगठनहरु क्रियाशिल हुन र अगुवा नेताहरुको कार्यशैलीमा व्यापक फेरवदल हुन निर्देशन दिएको छ । बनगाड कुपिण्डेका नेपाली काँग्रेसका अगुवा नेताहरुको कार्यशैलीमा कार्याकर्ताले चर्को विरोध जनाएका छन् ।

स्थानीय नेताहरुबाट नै पार्टी कमजोर भएको र गलत गतिविधी गर्नेलाई पार्टीले कारवाहि गर्न समेत बैठमम माग गरिएको छ । पार्टी भित्र अनुशासन हिनता काम गर्नेलाई जति सक्यो चाँडो कारवाहि गर्न कार्यकर्ताले माग गरेका छन् ।

बैठकमा वौल्दै जिल्ला नेताहरुले सवैको आचारण सुरधारण गर्न अनुरोध समेत गरेका छन् । पार्टीलाई शसक्त पार्न आन्तरिक गतिविधीलाई टोल टोल सम्म पुर्याउन जोड दिइएको छ ।

स्थानीय तहमा नेकपाका गलत गतिविधीको डटेर सामाना गर्न समेत निर्देशन बैठकमा दिइएको थियो । बनगाड कुपिण्डे नगर सभापति टोपवहादुर भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको हो।

प्रकाशित मिति : २०७५ माघ ५ गते शनिवार