• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

दाङका अविनास डिसीले जिते एपिक नेपाल म्युजिक अवार्ड


माघ ५, काठमाण्डौँ ।
म्युजिक सम्पादक अविनास डिसीले एपिक नेपाल म्युजिक अवार्डको सर्वोकृष्ट वेस्ट अवार्ड जितेका छन् । दाङ निवासी डिसीले लोकदोहोरी अछुत गीतको सम्पादनबाट एपिक नेपाल म्युजिक अवार्ड २०७५ को उत्कृष्ट सम्पादकमा हात पार्न सफल भएका हुन्

‘कला र गलाको संरक्षण हाम्रो अभियान’ भन्ने नारासहित तयार भएको एपिक नेपाल ‘म्युजिक अवार्ड २०७५’ले सम्पादक डिसीको म्युजिक कलालाई अवार्ड हस्तान्तरण गरेको छ । अवार्ड हात पारेसँगै उनले आफुले जिवनमा गरेको संर्घषको फल प्राप्त गरेको बताएका छन् ।

लेकाली अनलाइन सँग कुरा गर्दै उनले संगीतको क्षेत्रमा यो धेरै खुसीको क्षेण भएको बताउका छन् । उनले अझै पनि गीत संगीतको क्षेत्रमा निरन्तर संर्घषमै रहने बताएका छन् ।
एपिक नेपाल म्युजिक अवार्डमा लोक गीत, पप र लोक पप गीत, तामाङ सेलो, मेंदोमाया, काँठे भाका, देउडा गीत, पूर्वेली भाका साथै दशैँतिहार विधामा कलाकारहरू सम्मानित भएका थिए । अमन श्रेष्ठको अध्यक्षतामा सम्पन्न अवार्ड कुल ६६ विधामा आयोजना गरिएको थियो ।

उक्त अवार्डमा विभिन्न टीभी, रेडियो र पत्रपत्रिकामा कार्यरत सञ्चारकर्मीहरूलाई एपिक नेपाल कला पत्रकारिताबाट सम्मानित गरिएको थियो ।

प्रकाशित मिति : २०७५ माघ ५ गते शनिवार