• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

विप्लवको घरमा अदालतले म्याद पुर्जी टाँस्यो


माघ ६, बुटवल ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ र पोलिट्व्यूरो सदस्य तथा लुम्बिनी व्यूरो ईन्चार्ज चन्द्रबहादुर चन्द ‘विरजंग’को घरमा म्याद पुर्जी टाँसिएको छ ।

जिल्ला अदालत रुपन्देहीले १५ दिनभित्रमा उपस्थित हुन भन्दै सनिबार १५ दिने म्याद टाँसेको हो । विप्लव र विरजंग नाताले सहोदर दाजुभाई हुन्, विरजंग ठूल्दाई हुन भने विप्लव कान्छा भाई हुन् ।

निर्वाचन खारेज अभियानताका भएका विभिन्न गतिविधिहरुसँग जोड्दै विप्लवको घर कपिलवस्तु जिल्ला शिवराज नगरपालिका ९, शिवगढीस्थित उनको घरमा म्याद पूर्जी टासँेको हो । आगजानी अन्तर्गत मुद्दा रहेको भन्दै विप्लव र विरजंग दुवैलाई १५ दिनभित्र अदालतमा उपस्थित हुन आग्रहसहित जिल्ला अदालत रुपन्देहीका कर्मचारीले पूर्जी टासेका हुन् ।

७० दिनसम्ममा अदालतमा उपस्थित नभएमा उनीहरुको नाममा रहेको सम्पत्ति समेत जफत हुने गरी अदालतको पक्राउ पूर्जी आज साझ विप्लवको घरमा टासिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । विगतमा पनि उनको घरमा यस्तै प्रकृतीको प्रक्राउ पुर्जी टास्ने गरिएको थियो ।

विप्लव पछिल्लो समय सार्वजनिक भएका छैनन भने उनको घरमा प्रहरीले निग्रानी बढाउने तथा पूर्जी टाँस गर्ने काम गर्ने गरेको छ । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टीका विभिन्न तहका नेताहरुको घरमा विभिन्न मुद्दाहरु तथा धरपकड र पक्राउ पूर्जी टाँस गर्ने गरेको छ ।

प्रकाशित मिति : २०७५ माघ ६ गते आइतवार