• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

दाङमा भरुवा बन्दुकसहित एकजना पक्राउ


माघ ६, दाङ ।
दाङमा भरुवा बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको शान्तिनगर गाउँपालिका वडा नम्बर ४ जुम्लेकुला का २९ वर्षीय हरिबहादुर रासकोटीलाई दुईवटा भरुवा बन्दुक र बदेलको जस्तो देखिने दुईवटा खुट्टासहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी चौकी चिराघाटबाट खटिएको टोलीले घरमै लुकाएर राखेको बन्दुक फेला परेपछि रासकोटीलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरील जनाएको छ ।

प्रकाशित मिति : २०७५ माघ ६ गते आइतवार