• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

जनयुद्वका कमाण्डर प्रचण्ड सँग एकदिन जनताले हिसावकिताब लिन्छन् : मिलन


माघ ६, सल्यान ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चिरण पुन ‘मिलन’ले १० बर्षे जनयुद्घका कमाण्डर प्रचण्ड सँग एकदिन जनताले हिसाव किताब लिने बताएका छन् ।

संगठन विस्तार तथा सुदृढ अभियान अन्तरगत आइतबार सल्यानको ढोरचौरमा बोल्दै नेता मिलनले जनतालाई झुटो आश्वासन दिएर प्रचण्डले युद्घ लडाएको आरेप लगाएका छन् । उनले जनयुद्घको कमाण्डर गरेका प्रचण्ड बिच मैदानबाटै भागेको र अहिले जनताको मुद्दा छोडेको बताएका छन् ।

झुपडीबाट क्रान्तिको कमाण्डर बनेका प्रचण्ड अहिले महलमा गएर पुजीवादीमा रमाइरहेको भन्दै नेता मिलनले त्यसको हिसावकिताब आफुहरुले लिने बताएका छन् । आफुहरु पनि क्रान्तिको जिउँदा योद्दा भएको भन्दै उनले अब जनताको मुद्दा आफुहरुले समालेर अधुरो क्रान्ति पुरा गर्ने बताएका छन् ।

आफुहरुले क्रान्ति गर्छौँ भन्दा सरकार त्रसित भएर अहिले धरपकड गर्न थालेको उनले बताएका छन् । उनले भने– “जहाँ दमन हुन्छ त्यहाँ प्रतिरोध हुन्छ, सरकारले हाम्रा मान्छे समाउन खोजे अब हामी पनि उनका मान्छे समाउछौँ ।” आफ्नो पार्टी नेकपाले नेपालमा छुट्टै सत्ता बनाएको पनि उनले बताएका छन् ।

त्यस्तै अहिलेको सरकारले कम्युनिस्ट नामको बेजेत गरेको उनले बताए । नक्कली कम्युनिस्ट नामको सरकार भएको भन्दै उनले सरकार भ्रष्ट्राचारीमा चुर्लुम्बै डुबेको बताएका छन् ।

निर्मला पन्तको हत्या र बलत्कारमा सरकारकै मान्छे सहभागी भएको भन्दै उनले वर्तमान सरकारले हत्यारा लुकाएरै राख्ने आरोप लगाएका छन् । निर्मला काण्डमा प्रधानमन्त्री र गृहमन्त्रीकै नातेदारको संलग्नता भएको भन्दै उनले सरकारले हत्यारा देखेपनि लुकाएर राखेको आरोप लगाएका हुन् ।

दुई महिनासम्म चल्लने संगठन विस्तार तथा सुदृढ अभियानलाई व्यापक बनाउने उनले बताएका छन् । कार्यक्रममा युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटनको पनि सहभागीता रहेको थियो ।

नेकपा सिद्धकुमाख इन्चार्ज गिरदल बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको संचालन अखिल क्रान्तिकारी सल्यानका अध्यक्ष टंक प्रकाश केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ माघ ६ गते आइतवार