• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

मनकारी दिपक गिरि , जसले शैक्षिक महोत्सवमा ५१ हजार दान गरे


माघ ७, दाङ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्ब सिचाई मन्त्री दिपक गिरीले अश्वारा माविको शैक्षिक विकासका लागि ५१ हजार दान गरेका छन् ।
जारी शैक्षिक तथा धार्मिक महोत्सवमा उनले ५१ हजार रुपैंया दान गरेका हुन ।

बिद्यालयको स्तर उन्नतिका लागि आयोजित महोत्सवमा पुर्ब सिंचाइ मन्त्री गिरीले बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष किरण शाहलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । उनले समग्र दाङको शैक्षिक तथा समग्र बिकासका लागि हिजोका दिन जस्तै लागि पर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

नेता गिरीले विद्यालयको शैक्षिक विकाशमा टेवा पुगोस भनेर ५१ हजार आर्थिक दान गरेको प्रति तुलसिपुर ८ का वडा अध्यक्ष बेदु केसी र बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष किरण शाहले सम्मान व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७५ माघ ७ गते सोमवार