• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

नेपाल देखि अस्ट्रेलिया सम्म अजितको यात्रा


माघ ७, अस्ट्रेलिया ।

मध्ये काठमाडौँ उपत्यकाको ललितपुर सातदोबाटोमा जन्मेका अजित विष्टको परिवार मध्य वर्गीय परिवार नै हो । २०३८ सालमा जन्मेका अजितको वाल्यकाल सातदोबाटो मै वित्यो । उनको प्रविनता तह सम्मको अध्ययन पनि ललितपुर कै राम्रो विधालय बाट उतिर्ण भएका थिए । फुटबल खेलमा एकदमै शोख राख्ने उनी गोलकिपर रहेर फुटबल मैदानमा उत्रिदा धेरै पटक उनको टिमले ठुलाठुला फुटबल गेमहरु जितेर मेडल,प्रमाणपत्र लगायतमा धेरै सम्मान हरु पनि प्राप्त गरेका छन् ।

२०६० सालतिर दुवई तिर हानिएका उनी त्यहाँ करिब ४ वर्ष सम्म रहेर काम गरे तर उनले अाफुले सोचेजस्तो सफलता पाउन सकेनन् ,घरको दवावमा लग्त्तै उनी नेपाल फर्किए ।परिवार पनि चिन्तित भए ,उनले आफ्नो आदर्श मान्ने मामा पुलिसमा भर्ना गराउन चाहन्थे तर उनलाई कुनै पनि रुचि थिएन । केही समयमै उनी अन्तरजातिय विबाह वारिमा बाधिए ।

उनका भाई अष्ट्रेलिया मा रहेका थिए । उनलाई अष्ट्रेलिया जाने ईच्छा जागेपछि भाईको सहयोग मा उनी सन २००९ मा अष्ट्रेलिया तिर लागे । अष्ट्रेलियाको यात्रा सफल भएपनि उनी अाफुमा सफलता पाउदै गए । केहि खुड्किलाहरुले सफलता पाएजस्तो महसुस पनि भयो । अहिले पनि अधिकाँस युवाहरुको सपना अमेरिका, अष्ट्रेलिया जानु नै हो, सुन्दर बिदेशको सपना देखे। अाखिर अनि सुन्दर देश सँगसँगै भाग्यपनि सुन्दर वनाउन तिर लागे ।

सहयोगी, हक्कि स्वभावकमा अधित समाजसेवामा पनि निकै सकृय छन् । वाल्यकालदेखि उनलाई समाजमा रहेका गरिव दुखि लाई सहयोग गर्नपर्छ भन्ने सोच अाईरहन्थ्यो ।अापत विपतमा उनी देश तथा विदेशमा उनी सहयोग का हातहरु फैलाईहाल्छन् । २०७२ सालको महाभुकम्पको बेला नेपाल म धेरै मान्छेहरुको हताहत्ति ,अ रवै जनधनको क्षति , धेरै परिवारहरुको घरवारविहिन भएको समयमा उनै अजितले काभ्रे मा रहेको दलित वस्तिमा ५० घरपरिवार लाई लत्ता, खाघान्न , कपडा, जस्ता पाता र निर्माण का लागि अावश्यक पर्न सामाग्री वितरण गरेका थिए ।

अष्ट्रेलियामा रहेका नेपालिहरु लाई नेतृत्व गर्न सक्ने क्षमता भएका अजित अाफ्नो अाम मानिसहरु विच राम्रो छाप पार्न सफल छन् ।अस्ट्रेलिया पर्थमा कर्मथलो वनाएर वसेका नेपालिको सर्कलमा नियमित जस्तो भेटघाट गरिरहन्छन् । हालै मात्रामा एक क्यान्सर बाट पिडित नेपाली ३ बर्षे वालकको अस्पताल मा मृर्त्यु हुदा अस्पतालमा तिर्न बाकी रक़म उनैको नेतृत्वमा (३७०० अस्ट्रेलियन डलर) अार्थिक संकलन गरि अस्पतालमा तिरिदिएका थिए ।

वेस्टर्न नेपालिस क्रिकेट क्लबका अध्यक्ष समेत रहेका बिष्टले अस्ट्रेलियामा रहेका नेपालिहरु बिच इभेन्ट अायोजना गरि मनोरञ्जन गराउने र केही अार्थिक संकलन गरि सामाजिक काममा लगाउने उदेश्य उनकै नेतृत्वमा बेला माैकाका ठुला ठुला इभेन्टहरु पनि अायोजना भइरहन्छन् । हाल उनी अस नेपाल नामक अर्कों इभेन्ट संस्था संग मिलेर `Nepal idol top 6 ´ को व्यापक तयारीमा लागेका छन् ।january 27 मा पर्थमा हुने उक्त कार्यक्रम बाट बचेकाे सम्पुर्ण रकम सामाजिक काममा लगाउने योजनामा छन् ।

प्रकाशित मिति : २०७५ माघ ७ गते सोमवार