• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

शान्ति सेनामाथि आक्रमण हुँदा १० सेनाको मृत्यु, २५ घाईते


मााघ ७, काठमाण्डौँ ।
मालीमा शान्ति सेनामाथि विद्रोहीले आक्रमण गर्दा १० सेनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

बन्दूकधारी एक समूहले मालीस्थित संयुक्त राष्ट्रसंघको सैनिक शिविरमा आइतबार आक्रमण गर्दा कम्तिमा १० जना जना शान्तिरक्षकले शाहादत प्राप्त गरेका मालीका लागि राष्ट्रसंघीय बहुआयामिक एकिकृत स्थायीत्व अभियानले जनाएको छ । ‘पछिल्लो तथ्याङ्क अनुसार आक्रमणबाट १० जना शान्ति योद्धाको निधन भएको छ भने २५ जना घाइते भएका छन्,’ राष्ट्रसंघ शान्ति सेना स्रोतले जनाएको छ । उक्त घटनामा केही आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ ।

आइतबार विहानै भएको आक्रमण मालीको किडालबाट करिब २०० किलोमिटर उत्तरी क्षेत्रमा रहेको आगुलहोक शिविरमा भएको हो । सन् २०१२ मा मालीको पूर्वी क्षेत्रलाई इश्लामिक लडाकूले नियन्त्रणमा लिएपछि राष्ट्रसंघको पहलमा शान्ति स्थापनार्थ करिब १३ हजार अन्तर्रा्ष्ट्रिय सेनालाई खटाइएको छ । फाेटाे फाइल

प्रकाशित मिति : २०७५ माघ ७ गते सोमवार