• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

सावधान ! यस्तो बानी भएका मानिस चाँडै मर्छन् !


माघ ७, काठमाण्डाैँ ।

हामीले दैनिक जीवनमा गर्ने सामान्य कामहरु नै कुनै बेला मृत्युको कारण बन्न सक्छ । हालै भएको एक अनुसन्धानबाट यस्तो अनौठो तथ्य सार्वजनिक भएको हो ।
सबैभन्दा धेरै रिसाउने व्यक्तिको समयभन्दा अगाडी नै मृत्यु हुने गरेको वैज्ञानिकहरुको अनुसन्धानबाट पत्ता लागेको छ ।

छिटो रिसाउने प्रवृत्ति देखिएका व्यक्तिहरुको शरिरमा पर्ने नकारात्मक प्रभावको कारण मृत्यु हुने गरेको कुरा अनुसन्धानबाट पत्ता लागेको हो । लेवा स्टेट युनिर्भसिटीका बैज्ञानिकहरुले गरेको अनुसन्धानबाट नरिसाउने र धेरै रिसाउने व्यक्तिमा गरिएको तुलनामा धेरै रिसाउने व्यक्तिको डेढ गुणा बढी छिटो मृत्यु हुने देखिएको छ ।

रिसाउँदा व्यक्तिको शरिरमा कयौँ गुणा खतरानाक देखिने गर्छ । यस्तो परिवर्तनले स्ट्रेसदेखि मनोरोगसम्म हुन्छ । धेरै रिसाउँदा शरिरमा एड्रेनालाइन पदार्थ तीव्र गतिमा बहने र यसले डिएनएलाई नोक्सान गर्ने भएकाले धेरै रिसाउँदा मानिसको मृत्यु समेत हुन सक्ने देखिएको छ ।

प्रकाशित मिति : २०७५ माघ ७ गते सोमवार