• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

समृद्ध नेपालका लागि शिक्षाकाे विकास अावश्यक


माघ ८ , दाङ । नेपाली काँग्रेसका जिल्ला सभापति कृतिबहादुर खड्काले शिक्षाकाे विकास भएमा मात्र समृद्ध नेपालकाे परिकल्पना गर्न सकिने वताउनु भएकाे छ ।
प्रथमिक विद्यालय काैवाघारीको सरस्वतिकाे मन्दिर उद्घाटन गर्दै सभापति खड्काले शिक्षा विना समृद्ध समाजकाे परिकल्पना गर्नु अर्थहिन हुने वताउनुभयाे ।

कार्यक्रममा वसर्व सांसद गेहेन्द्र गिरि, पुर्व सभासद बुद्धिराम भण्डारीले विद्यालयमा सरस्वतिकाे मन्दिर निर्माण गरि शिक्षमा भण्डारी परिवारले गरेकाे याेगदानकाे प्रशंसा गर्नुभएकाे थियाे ।

संथानिय समाजसेवि शालिकराम भण्डारीकाे लगानिमा निर्माण गरिएकाे मन्दिर नेपाली काँग्रेस दाङका सभापति कृतिबहादुर खड्काले सरस्वतिकाे मुर्ति अणावरण गरी उद्घाटन गर्नु भएकाे हाे । दानदाता शालिकराम भण्डारीकाे अध्यक्षता तथा सभापति खड्काे प्रमुख अाथित्यमा भएकाे कार्यक्रममा पुर्व जल्ला विकास सभापति भरत केसी, विद्यालयका संस्थापक प्रधानाध्यपक शाेभकार धिताल, दंगिशरण २ का अध्यक्ष तुलसिराम देवकाेटा लगाएतले वाेल्नु भएकाे थियाे ।

विद्यालयका प्रधानाध्यपक लक्ष्मण देवकाेटाकाे स्वागत मन्तव्य वाट सुरुभएकाे कार्यक्रममा मावि मधपुरका प्रधानाध्यपक खेमराज बुढाथाेकी, पतञ्जलि याेग जिल्ला कार्य समितिका सदस्य लक्ष्मण केसी, लगाएतले वाेल्नु भएकाे थियाे ।
पत्रकार देविराम कुसारीले सहजिकरण गरेकाे कार्यक्रम दानदाता शालिकराम भण्डारीलाइ दाेशल्ला अाढाई तथा कदर पत्रले सम्मान गरीएकाे थियाे । त्यस अबसरमा पतञ्जलिका वालवालिकाले कल प्रदर्शन गरेका थिए भने पुरस्कार वितरण गरिएकाे थियाे ।

प्रकाशित मिति : २०७५ माघ ८ गते मङ्गलवार