• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

सुर्खेतमा बस र जिप ठोकिँदा १४ जना घाइते


माघ ८, सल्यान ।
सुर्खेतको गुर्भाकोट नगरपालिकाको पुल बजार नजिकै बस र जीप ठोकिदा १४ जना घाइते भएका छन् ।

सल्लीबजार बाट नेपालगन्ज तर्फ जाँदै गरेको कुमाख यातायात प्रालिको लु ३९२८ नम्बरको जीप र छिञ्चुदेखि जाजरकोट तर्फ जाँदै गरेको ना ५ ख ४५२९ नम्बरको बस एक आपसमा ठोकिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रभक्ता एवंम डिएसपी प्रदिप कुमार क्षेत्रीले जानकारी दिए । डिएसपी क्षेत्रीका अनुसार जीप र बसमा सवार यात्रुहरु घाइते भएका छन् ।

घाइते हुनेमा जुम्ला सिजाका दिपक हमाल, सोही स्थानका मान वहादुर सार्कि, बनगाड कुपिण्डे नगारपालिका,५ का रुपसिं वस्नेत, वडा ७ की गोमा वुढा, बनगाड कुपिण्डे नगरपालिका वडा ५ नीवासि गाडि मालिक विरेन्द्र नेपाली र वडा ४ नीवासि गाडि चालक चन्द्र परियार घाईते भएका छन् । घाईते ७ जनालाई नेपालगञ्ज मेडिकल कलेजमा उपचार भैरहेको जनाएको छ । गाडि मालिक नेपाली र चालक परियार भने गम्भीर घाईते भएका छन् ।

अन्य ७ जनाको स्थानीय मेडिकल र स्वास्थ्य चौकी मेहेलकुनामा उपचार भइरहेको डिएसपी क्षेत्रीले जानकारि दिए । बसको चालकलाई प्रह्रीले नियन्त्रनमा लिइएको छ ।

प्रकाशित मिति : २०७५ माघ ८ गते मङ्गलवार