• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

भक्तपुरमा इँट्टा भट्टाको पोखरीमा डुबेर एक बालकको मृत्यु


माघ ८, भक्तपुर ।
इँटा भट्टाको पोखरीमा डुवेर भक्तपुरमा एक बालकको मृत्यु भएको छ।

जिल्लाको चाँगुनारायण नगरपालिका ८ सुडालस्थित श्री सरस्वती इँटा भट्टामा इँटा बनाउने माटो मुछ्नको लागि पानी जमाउन खनेको पोखरीमा डुबेर काभ्रे नमोबुद्ध नगरपालिका ४ घर भई हाल सोही इँटा भट्टामा काम गर्ने सुमन तामाङका साढे ३ वर्षीयाको छोरा निरज तामाङको मृत्यु भएको हो।

पोखरीमा डुबेर घाइते भएका बालक निरजलाई तत्काल उद्धार गरी उपचारका लागि सिद्धि स्मृति अस्पताल भक्तपुर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

घटनास्थलमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको टोलीले आवश्यक अनुसन्धान कार्य गरी घटनाको थप अनुसन्धान कार्य भइरहेको प्रनाउ पोखरेलले बताए।

प्रकाशित मिति : २०७५ माघ ८ गते मङ्गलवार