• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा विप्लव नेकपाको एकीकृत जनक्रान्ति अभियान हिमपातले पनि रोकिएन् (फोटो सहित)


माघ ९, सल्यान ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सल्यानमा एकीकृत जनक्रान्तीको सिजन २ अभियानलाई तिव्र रुपमा अगाडि बढाएको छ ।

माघ ६ गते ढोरचौरमा उद्घाटन गरिएको सिजन २ अभियानका लागि सल्यानमा नेकपाका केन्द्रीय सदस्य चिरन पुन “मिलन” लगायतका नेताहरु अभियानमा हिडेका छन् । हिजो ८ गते सिजन २ अभियान कार्यक्रम सल्यान र रोल्पाको सिमानामा पर्ने झ्याममा गरिएको थियो । छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ मा पर्ने बुराँसे झ्याममा भएको कार्यक्रममा रोल्पा र सल्यानका सयौं नेता, कार्यकर्ता तथा सुवेच्छुकको उपस्थिति भएको नेकपा सल्यानले जनाएको छ ।

पानी तथा हिमपात भएपनि अभियान नरोकिएको र अगाडि बढेको नेताहरुले बताएका छन् । गएराती झ्याम लगायत अासपासमा ठूलो हिमपात भएपनि बिहानै नेताहरु हिमपात सँगै अर्को कार्यक्रममा निस्किएका छन् ।

अाजको अर्को कार्यक्रम बागचौरको थारमारेमा भएको नेकपा सल्यान इन्चार्ज डिल्लीराज शर्मा विश्वले लेकाली अनलाइनलाई बताए । अभियान टोलीले आफुहरु हिमपातमा हिडेका फोटा फेसबुकमा सार्वजनिक गरेका छन् ।

हेर्नुहोस् हिमपात सँगै अभियान टिमको फोटाहरु

प्रकाशित मिति : २०७५ माघ ९ गते बुधवार