• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

लाेकदाेहाेरी गीत “कुपिण्डेको तालमा…” सार्वजनिक, सल्यानको कुपिण्डेमै गरियो छायांकन (भिडियो सहित)


माघ १०, सल्यान ।
सल्यानको कुपिण्डे तालमा एउटा लोकदोहोरी गीतको छायांकन गरिएको छ । कुपिण्डे ताल र त्यस वरपरको क्षेत्रलाई समेटेर तयार पारिएको “कुपिण्डेको तालमा…” बोलको गतिलाई कुपिण्डे दहमै गएर छायांकन गरिएको हो ।

राम पुन मगर र राज मगरको उक्त गीतमा सल्यानी गायक चरण प्रशाद गिरी र गायीका गौरी परियारले आवाज दिएका छन् । गीतको म्युजिक भिडियोमा टीका जैसी र चन्द्र परियारले अभिनय गरेका छन् ।

विक्रम चौहानको निर्देशनमा निर्माण गरिएको भिडियोको सम्पादन राजेश कुमारले गरेका छन् भने छायांकन प्रकाश खड्काले गरेका छन् ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : २०७५ माघ १० गते बिहिवार