• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा विप्लव निकट विद्यार्थीहरु “कम्युनिस्ट विद्यार्थी अभियान” लिएर विद्यालयमा पुगे


माघ १०, सल्यान ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको अखिल क्रान्तिकारी विद्यार्थी सगठन सल्यानले कम्युनिस्ट विद्यार्थी अभियानलाई तिब्र रुपमा अगाडी बढाएको जनाएको छ ।

केन्द्रीय कार्यक्रम अनुसार सल्यानमा करिब १ महिना अगाडि उद्घाटन गरिएको कम्युनिस्ट विद्यार्थी अभियान कार्यक्रमलाई अझै व्यापक रुपमा अगाडी बढाउदै गएको सो संगठनले जनाएको छ । यो अभियान तिन महिनासम्म जिल्ला भरी नै चल्ने संगठनका जिल्ला अध्यक्ष टंक प्रकाश केसीले बताए ।

उक्त अभियान लिएर जिल्लाका प्रत्यक विद्यालयमा जाने र विद्यार्थीहरु सँग छलफल, परामर्श तथा संगठन विस्तार गर्ने अध्यक्ष केसीले बताएका छन् ।

प्रकाशित मिति : २०७५ माघ १० गते बिहिवार