• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

गत बर्ष किसानलाई घाटा भएपछि यस बर्ष सल्यानको कपुरकोट गाउँपालिकाले गर्याे वृहत अन्तरक्रिया


माघ १०, सल्यान ।
वेमौषमी तरकारि खेतीका लागी देशभरमै प्रख्यात सल्यान कपुरकोट क्षेत्रका किसानले गत वर्ष ठूलो घाटा व्यहोर्न परेपछि यस वर्ष तरकारिको ब्याड राख्नु अघि नै वृहत अन्तरक्रिया गरिएको छ । कपुरकोट गाउँपालिकाले उन्नत कृषि केन्द्र संगको समन्वयमा अगुवा कृषक, एग्रोभेट सञ्चालक, व्यापारि र सरोकारवालाहरुलाइ एकै ठाउँमा राखेर बुधबार अन्तरक्रिया सम्पन्न गरेको हो ।

गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनको अध्यक्षतामा भएको अन्तरक्रियामा किसानहरुले गत वर्ष टमाटरको फरक जातको विउ हात पर्दा राम्रो उत्पादन नभएको र उत्पादित टमाटर विक्रि नै नभएको गुनासो गरे ।

व्यापारि, एग्रोभेटको मारमा आफुहरु परेको जनाउँदै अगुवा कृषक झुपलाल घर्तीले गएको सिजनमा लगाएको २२ सय बोट टमाटरबाट ठूलो घाटा व्यहोर्नुपरेको गुनासो गरे । तर एग्रोभेट सञ्चालकहरुले भने यसमा आफुहरुको दोष नभइ विदेशबाट आउँदा नै विउ उत्पादक कम्पनीको कमजोरिले तरकारिको फरक जातको विउ आएको बताए । कार्यक्रममा शित भण्डार निर्माण देखि किसानको खेतबारिमा कृषि प्राविधिकहरु पुग्नुपर्ने कुराहरु जोडतोडको साथ उठेका थिए ।

अन्तरक्रियामा उठेका विषयमा गाउँपालिकाको तर्फबाट जवाफ दिदै अध्यक्ष भिम बहादुर सेनले किसानहरुका लागि आर्थिक उपार्जन गर्न सकिने गरी गाउँपालिकाले सञ्चालन गरेका कार्यक्रमहरुको अनुगमन, निरिक्षणमा जोड दिइने बताएका थिए । कृषि पेशालाई आम जनताको आकर्षण र आत्मसम्मानको पेशा बनाउने र त्यसलाई व्यवसायिकरण गर्न आवश्यक रहेको र आफुहरु त्यस काममा लागिरहेको सेनले जनाए ।

पत्रकार शंकर केसीले सहजीकरण गरेको कार्यक्रममा गाउापालिकाका उपाध्यक्ष तिला बुढा मगर, उन्नत कृषि केन्द्रका सञ्चालक घनश्याम शर्मा, प्रकाश भण्डारी, टोपेन्द्र केसी, गिरीराज ओली, इश्वर बुढा लगाएतकाले बोल्दै कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढाउन आवश्यक रहेकोमा जोड दिएका थिए ।

अन्तरक्रियाबाट निकालिएका निचोडहरुलाइ समेटेर केहि महत्वपूर्ण निर्णयहरु गरिएको गाउँपालिकाका आर्थीक विकास समितीका संयोजक यम कुमार वस्नेतले जनाएका छन् । कपुरकोट गाउँपालिकाभित्र वेमौषमी तरकारि खेती प्रविधि, उत्पादन तथा बजारिकरण, कृषि पर्यटनको विकासमा सम्भाव्यता अध्यन र छलफल गर्न सीआरएस नेपाललाइ प्राविधिक सहयोगका लागी अनुरोध गर्ने निर्णय गरिएको उनले जनाए ।

प्रकाशित मिति : २०७५ माघ १० गते बिहिवार